राजनीतिक अपराधीकरण रोक ः महान्यायाधिवक्ता

राजनीतिक अपराधीकरण रोक ः महान्यायाधिवक्ता

दैलेख, फागुन १५ – महान्याधिवक्ता रमणकुमार श्रेष्ठले राजनीतिक नेताहरुले अपराधीकण रोक्नुपर्ने आवश्यकता दर्शाएका छन् । जिल्ला सरकारी वकील कार्यालय दैलेखको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् ।
अपराधीलाई जोगाउन लाग्दा एउटा चुनाव त जितिएला जनताको नजरमा गिर्ने र सधैं चुनाव हानुपर्ने स्थिति आउला महान्याधिवक्ता श्रेष्ठले टिप्पणी गरे ।
News sarkari okil karyalaya dailekh (2) News sarkari okil karyalaya dailekh (1)त्यस बखत उनले सरकारवादी मुद्दा जिताउने र समाजमा अपराध नियन्त्रण गराउनुपर्ने सरकारी वकील कार्यालयलाई सरकारले श्रोत साधन दिन लोभ गरेको बताए । उनले सरकारवादी मुद्दा सफल बनाउन प्रहरी अनुसन्धान र सरकारी वकीलको मुद्दा तहकीकात प्रक्रियामा धेरै सुधानुपर्ने आवश्यकता औल्याए ।
उच्च सरकारी वकील कार्यालय सुर्खेतका न्यायाधिवक्ता धर्मानन्द नाथ, दैलेखका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलाल, दैलेख बारका अध्यक्ष यामराज थापाले न्याय प्रणालीका सकारात्मक पक्षले र सरकारले ध्यान दिनुपर्ने विषयहरु प्रकाश पारेका थिए ।
जिल्ला न्यायाधिवक्ता बिष्णुप्रसाद पौडेलले जिल्ला सरकारी वकील कार्यालयको नवनिर्मित १६ कोठे भवन बनाउन ३ करोड ३८ लाख ७९ हजार ४ सय १ रुपैंयाँको लागतमा निर्माण भएको जानकारी दिए ।

प्रतिक्रिया