फेरिदै धरमपोखराको जीवनशैली

फेरिदै धरमपोखराको जीवनशैली

निर्मल अधिकारी
दैलेख, लालीकाडा पूर्ण साक्षर गाविस घोषणा गर्ने कार्यक्रममा सहभागी हुन म लगाएत केही साथीहरु धरमपोखरा यात्राको लागी तयारी भयौ । मलाई धरमपोखरा जाने इच्छा पनि थियो किन भने उच्च शिक्षा अध्ययनको क्रममा धरमपोखरा कचाली हुदै कयौ पटक यात्रा गरेको थिए ।

धरमपोखरा जाँदा बाटोमा फुलेका गुराँस फुल
धरमपोखरा जाँदा बाटोमा फुलेका गुराँस फुल
धरमपोखरा बजार
धरमपोखरा बजार
कार्यक्रममा अतिथिलाई स्वागत गर्दै बालबालिका
कार्यक्रममा अतिथिलाई स्वागत गर्दै बालबालिका

आज भन्दा झण्डै १३÷१४ वर्ष अगाडी तत्कालिन द्धन्द्धले विक्षिप्त धरमपोखरा र अहिलेको अवस्था मलाई हेर्ने मन थियो ।

उतीखेर पैदल यात्रा गर्दा चामल बोकेर हिड्नु पथ्र्याे । होटेल वासको पनि त्यस्तै समस्या । प्रत्येक सानो हाट बजारमा माओवादीका चेक पोष्ट अनि मान्छेको चहल पहल प्राय सून्य । दिन ढल्किदै जादाँ स्थानीयहरु मदिरा लुकेर खान्थे र को कता गयो केही थाहा हुन्थेन् ।

धरमपोखरा सुर्खेतको मटेला, अवलचिङ्ग, दैलेख जिल्लाका केही छिमेकी गाविस र जाजरकोट का केही गाविसको केन्द्र पनि हो । दैलेख सुर्खेत राजमार्गको रातानाङ्गला देखि २८ किलोमिटर दुरीमा रहेको उक्त स्थान प्राकृतिक रुपमा रमाइलो पनि रहेको छ । लमतन्न परेका डाडा, सल्लेरीको हावा र बाटो भरी फुलेका गुरासले सबैको मन लोभ्याउछ ।

अहिले पक्कि घर बन्ने क्रमको शुरुवात भएको छ । अधिकास बजारका घरहरु निलो कर्कट पाताले चम्किएका छन् । बास बस्न र खानाको कुनै समस्या छैन् । सहकारीले आर्थिक संकलन र ऋण लगानीमा सेवा दिइरहेका छन् भने बजारमा आई.एम.ई पनि स्थापना गरिएको छ । अब पैसा पठाउन र झिक्न् कसैले सुर्खेत दैलेखको यात्रा गर्नुपर्ने देखिदैन् ।

धरमपोखरालाई पर्यटकको गन्तव्यका रुपमा विकास गर्न सकिने स्थानीय युवा नेता खेमराज वलीले बताए । उनले थपे, दुध बाट बनेका परिकार, लमतन्न परेका डाडा र गुरास फुलको सौन्दर्यतानै यहाको पर्यट्नका विशेषता हुन । जाजरकोट र दैलेखको सिमानामा पर्ने कचाली लेखको चिसो हावा र हरीयालीले पनि आगुन्तकलाई लोभ्याउछ । उक्त गाविसकै कोप्चीमा रहेको जनजातीवस्तिलाई होम स्टे बनाउने योजना रहेको वलीले सुनाए ।

आफ्नो ठाउको विकासका लागि स्थानीय युवाहरु अहिले जुटेका छन् । लामो समय सहकारीमा काम गरेका युवा भुपेन्द्र खड्का भन्छन् धरमपोखरा आसपासका स्थानहरु बाख्रापालन व्यवसायको लागि पनि उपयुक्त छ । अब युवाहरुले गफ मात्रै गरेर नहुने खड्काको भनाई थियो । उनले थपे, केही गर्नु छ त गाउ बाटै शुरु गरौं ।

द्धन्द्धले क्षत विक्षत भएको धरमपोखरामा विकासे संरचनाहरु बन्दैछन् । गाउबाट बजारीकरण हुदैछ । दैनिक ८÷१० वटा बस तथा साना भाडाका गाडीले यातायातको सुविधा दिईरहेका छन् । यो क्रम अझै बढ्दो छ । राज्यले यस्ता सम्भावना बोकेका ठाउहरुमा गरेको लगानीले स्थानीयको जीवनशैली अझै परिवर्तन हुने युवा वलीले वताए ।

प्रतिक्रिया