विवादपछि २२ क्याम्पसमा मात्र स्ववियु चुनाव

विवादपछि २२ क्याम्पसमा मात्र स्ववियु चुनाव

student_4-58b445ae719e20.69336558काठमाडौं : पटक–पटक भएको वार्ता र छलफलमा पनि असन्तुष्ट विद्यार्थीले क्याम्पसहरुमा लगाएको ताला खुलाउन नसकेपछि त्रिभुवन विश्वविद्यालयले ६० वटा आंगिक क्याम्पसमध्ये २२ वटा आंगिक क्याम्पसमा मात्र स्ववियु चुनाव गर्ने भएको छ ।

बुधबारलाई तोकिएको चुनावका लागि बाँकी क्याम्पसमा उम्मेदबार मनोनयन हुन नसकेपछि त्रिविले मनोनयन भएको दर्ता भएका ती क्याम्पसमा मात्र चुनाव गर्न लागेको हो । २२ वटा क्याम्पसमा शनिबार उम्मेदबारी मनोनयन भएको थियो । यि क्याम्पसहरुमध्ये उपत्यकाका ८ वटा र उपत्यका वाहिरका १४ वटा रहेको त्रिविले जनाएको छ ।

गोरखाको गोरखा क्याम्पस र काठमाडौंको जन प्रशासन क्याम्पसमा उम्मेदवार मनोनयन तथा नामावली समेत प्रकाशन भईसकेको भएपनि सोमबार साँझ विद्यार्थीबीच विवाद भएकोले चुनाव रोकिएको चुनाव परिचालन समितीकी संयोजक तथा शिक्षाध्यक्ष प्राध्यापक डा. सुधा त्रिपाठीले जानकारी दिईन् ।
२२ वटा क्याम्पसहरुमा उम्मेदबारको अन्तिम नामावली र मतदाता नामावली समेत प्रकाशन भएको उनले बताईन् । ‘अन्य क्याम्पसमा अव प्रक्रिया शुरु भएपनि बुधबार निर्वाचन गर्न सकिदैन । ति क्याम्पसहरुको चुनाव अनिश्चित भयो’ त्रिपाठीले भनिन् ।

रतन्राज्यलक्ष्मि क्यामपसकी प्रमुख निर्मला सुवालले साना साना समूहले पनि ताला लगाएका कारण समस्या आएको बताईन् । ‘जसले ताला लगाए पनि हामीले खोल्न सक्दैनौं । केन्द्रले पनि ताला खोल्ने कि नखोल्ने विषयमा स्पष्ट नीति बनाएको छैन’ सुवालले भनिन्, ‘दुई जना विद्यार्थी भर्ना भएका हुँदैनन्। संगठन खोल्छन् । अनि तिनैले ताला लगाउँछन् । हामी केहि गर्न सक्दैनौं ।’

असन्तुष्ट विद्यार्थीले ताला लगाएका क्याम्पसका समस्या समाधानका लागि सोमबार पटक पटक वार्ता भएपनि सफल नभएको त्रिविले जनाएको छ । त्रिपाठीले भनिन्, ‘क्याम्पस अनुसार फरक फरक विद्यार्थीको ताला छ । एउटा पक्षलाई मिलाउन खोज्दा अर्को पक्ष मान्दैनन् । विद्यार्थीको विवाद हेर्दा उनीहरु नै चुनाव चाहदैनन् भन्ने देखियो ।’ आफूहरुले यसपटक चुनाव सम्पन्न गर्नकै लागि दुई महिना समय खर्चिसकेको हुनाले अव पनि चुनावका लागि समय दिन नसकिने त्रिविले स्पष्ट पारेको छ । दुई वर्षमा हुनुपर्ने चुनाव विद्यार्थीको संगठनको विवादकै कारण रोकिएको थियो ।

यसअघि पनि दुई पटकसम्म चुनावको मिति तोकिएको भएपनि विद्यार्थीबीच कुरा नमिल्दा स्थगित भएको थियो ।आफूहरुले भने अनुसारको चुनाव गर्नुपर्ने माग गर्दै विद्यार्थीहरुले हरेक पटक क्याम्पसमा तोडफोड र आगजानी गरेका छन् । उनीहरुले यसपटक पनि रत्नराज्यलक्ष्मि, वाल्मिकी, नेपाल कमर्स क्याम्पस मिनभवनमा समेत आगजानी गरेर लाखौंको क्षति पु¥याएका छन् । ‘विद्यार्थी हितका लागि लडेको दावि गर्ने उनीहरुले आफ्नै क्याम्पसमा तोडफोड गरेर कसलाई रिस पोखेको ?’ त्रिपाठीले भनिन् ।

कुन कुन क्याम्पसमा हुँदैछ चुनाव ?
उपत्यका
१.भक्तपुर वहुमुखी क्याम्पस, भक्तपुर
२.सानोठिमी क्याम्पस, भक्तपुर
३.पूल्चोक इन्जिनियरिङ क्याम्पस, पूल्चोक
४.थापाथली ईन्जिनिरिङ क्याम्पस, थापाथली
५.नर्सिङ क्याम्पस , महाराजगञ्ज
६.महाराजगञ्ज चिकित्शा क्याम्पस
७.आयुर्वेद क्याम्पस कीर्तिपुर
८.ललितकला क्याम्पस

उपत्यकावाहिर
१.मेची वहुमुखी क्याम्पस झापा
२.तेह्रथुम क्याम्पस तेह्रथुम
३.महेन्द्र वहुमुखी क्याम्पस धरान
४.केन्द्रीय प्रविधि क्याम्पस धरान
५.पूर्वाञ्चल ईन्जिनियरिङ क्याम्पस धरान
६.नर्सिङ क्याम्पस विरगञ्ज
७.भोजपुर वहुमुखी क्याम्पस भोजपुर
८.पश्चिमाञ्चल ईन्जिनियरिङ क्याम्पस पोखरा
९.नर्सिङ क्याम्पस पोखरा
१०.वन क्यामपस पोखरा
११.धौलागिरी क्यामपस वागलुण्
१२.डोटी क्याम्पस डोटी
१३.डडेल्धुरा शिक्षा क्याम्पस, डडेल्धुरा
१४.सुर्खेत शिक्षा क्याम्पस, सुर्खेत

Copy : Annapurna post

प्रतिक्रिया