प्रहरीले लाठी चार्ज गर्दा करिब ८ जना घाईते

प्रहरीले लाठी चार्ज गर्दा करिब ८ जना घाईते

17105466_1087943048019203_1937500553_n

सहबान अन्सारी

नवलपरासीको बैदौलीमा सशस्त्र प्रहरीले लाठी चार्ज गर्दा करिब ८ जना घाईते भएका छन! नवलपरासीको बैदौली ५ क्ष्रीरामपुरमा गए राती दुई पक्ष बिच समान्य जमिनी बिबाद हुदाँ सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीले सो बिबाद को सुचना पाए पछि दुई पक्षको विबाद नियन्त्रण गर्नका लागी बल प्रयोग गरेको हो! सो विबादमा सशसत्र प्रहरीले बल प्रयोग गर्दा बैदौली ५ बस्ने ३० बर्षिय आसमा खातुन,२२ बर्षिय अजहर अलि,२७ बर्षिय सद्दाम हुसैन,१३ बर्षिय रियाज अन्सारी,५० बर्षिय हसिबुन नेशा,५० बर्षिय अमिरुन नेशा, र ५६ बर्षिय कासीम अलि घाईते भएका छन! सो विबाद समान्य भएको हुदाँ सशस्त्र प्रहरीलाई बल प्रयोग गर्नु पर्ने अवस्था नभएपनि सशस्त्र प्रहरी बल प्रयोग गरेको स्थानियहरुको गुनासो गरेका छन!

प्रतिक्रिया