फुटबल प्रतियोगीताको उपाधी होटल व्यवसायी संघले

फुटबल प्रतियोगीताको उपाधी होटल व्यवसायी संघले

17101310_1265896910156748_849544960_o

– नेपालगन्ज

बैकर्सलाई ५ गोलले हराउदै होटल व्यसायी संघ विजयी नेपालगन्ज, १९ फागुन विभिन्न पेशाकर्मी विचको मैत्रीपूर्ण फुटबल प्रतियोगीताको उपाधी होटल व्यवसायी संघले हात पारेको छ । आज नेपालगन्जको प्रहरी व्यामशालामा भएको फाइनल खेलमा होटल व्यवसायी संघले बैकर्सलाई ० का विरुद्ध ५ गोलले फाइनल खेलको उपाधी चुम्न सफल भएको हो । होटल व्यवसायी र बैंकर्स विच भएको खेलमा होटल व्यवसायीका मनोज बुढाले ११ मिनेटमा पहिलो गोल गर्न सफल भएका थिए भने ४१ मिनेटमा पुन मनोज बुढाले १ गोल गरेर अग्रता कायम गरेका थिए । दुवै टिम विच प्रतिस्पर्धात्मक खेलमा संघकै सुरज रावतले ३१ र ४६ मिनेटमा एक एक गोल गरेका थिए भने संघकै सन्तोष सिर्पालीले ४९ मिनेटमा १ गोल गरेर प्रतियोगिताको उपाधी चुम्न सफल बनाएका थिए । दुवै टिमको खेल प्रतिस्पर्धा भएपनि बैंकर्सले कुनैपनि गोल गर्न नसकेको आयोजिक टिमका प्रवक्ता भावुक आचार्यले जानकारी गराउनुभयो । फाइनल खेलको उद्घाटन प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बल हस्तान्त्ररण गरेर गर्नुभएको थियो भने कार्यक्रममा अञ्चल प्रहरी कार्यालय भेरीका प्रहरी प्रमुख महेश विक्रम शाह, ओलम्पीयन खेलाडी सुरेन्द्र हमाल लगायत विभिन्न खेलकर्मी लगायतको सहभागिता रहेको थियो । राष्ट्रिय समृद्धी र शुसासनका लागी भष्टाचार मुक्त समाज भन्ने मुल नाराका साथ शुरु भएको मैत्रीपूर्ण प्रतियोगीता १५ गतेदेखि नेपालगन्जमा संचालन रहेको थियो । मैत्रीपुर्ण खेलमा १५ टिमको सहभागिता रहेको थियो जसमा नेपालगन्ज उद्योग वाणिज्य संघ, नेपालगन्ज मेडिकल कलेज, नेपाल वार एशोसियशन, नेपाल पत्रकार महासंघ, जडिबुटि व्यवसायी संघ, वैकर्स, बाँके निर्माण व्यसायी संघ लगायत १५ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया