४३ जिल्लामा पत्रकारको चुनाव सकियो, २१ मा चौतारी, १३ मा युनियनको जित

४३ जिल्लामा पत्रकारको चुनाव सकियो, २१ मा चौतारी, १३ मा युनियनको जित

२३ फागुन, काठमाडौं । नेपाल पत्रकार महासंघको ४३ वटा जिल्ला शाखाहरुको चुनावी परिणाम आएको छ । सुदुरपश्चिमका केही जिल्लामा सोमबार निर्वाचन हुँदैछ । काठमाडौ, भक्तपुर, ललितपुर, प्रतिष्ठान र एशोसिएटको चुनाव हुन बाँकी छ । करिब १४ जिल्लामा सदस्यता विवादका कारण निर्वाचन हुन बाँकी छ ।  त्यस्तै माओवादी निकट पत्रकार संगठन प्रेस सेन्टरले ४ वटा जिल्लामा अध्यक्ष जितेको छ ।सोमबार बिहानसम्मको परिणामअनुसार एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारी अगाडि देखिएको छ । चौतारीले २४ जिल्लामा अध्यक्ष जितेको छ । नेपाली कांग्रेसनिकट पत्रकारहरुको संस्था प्रेस युनियनले १३ जिल्लामा जिल्ला अध्यक्ष जितेको छ ।

डा.बाबुराम भट्टराईनिकट प्रेस सोसाइटीले एउटा जिल्लामा अध्यक्ष जितेेको छ । रुकुममा गणेश चिन्तनले नयाँ शक्तिबाट महासंघको अध्यक्ष हात पारेका छन् ।
त्यस्तै उपेन्द्र यादव नेतृत्वको संघीय प्रेस फोरमले ओखलढुंगामा शाखा अध्यक्ष जितेको छ । त्यहाँ दीपेन्द्र रुम्दाली अध्यक्ष बनेका छन् । महोत्तरीमा मधेसी गठबन्धनबाट कमलेश मण्डल निर्वाचित भएका छन् ।

सदस्यता विवादका कारण १४ जिल्लामा निर्वाचन स्थगित भएको छ । मनाङ/मुस्ताङमा मौसमका कारण निर्वाचन हुन सकेको छैन । बाजुरा, बझाङ, बैतडी डडेलधुरा र कञ्चनपुर लगायतका जिल्लाको नतिजा आउनेक्रममा छ । सोमबार यी जिल्लामा अधिवेशन भइराखेको छ ।
विजयी जिल्ला अध्यक्षहरुको सूची यस्तो छ-

प्रेस चौतारीले जितेका २१ जिल्ला

पर्सा- श्याम बञ्जरा
मकवानपुर-हरि हुमागाई
ताप्लेजुङ-राजेन्द्र श्रेष्ठ
धादिङ -नवराज छतकुली
दोलखा- जीवन लामा
दाङ- सबिन प्रियाशन
रसुवा-हेमनाथ खतिवडा
उदयपुर-भरत खड्का
बाँके -ठाकुर सिंह थारु
इलाम-कोकिला ढकाल
मोरङ- बन्धु पोखरेल
कास्की- दिपेन्द्र श्रेष्ठ
अर्घाखाँची- हिम बहादुर जिसी
खोटाङ्ग-दमन राई
म्याग्दी- तारानाथ शर्मा
गुल्मी- नवराज भुषाल
लम्जुङ-आश गुरुङ
बागलुङ- दिल श्रीष
हिमालयन टिभी -वाई बी घिमिरे
नेपाल एफएम- बैकुण्ठ ढकाल
दार्चुला- शंकर धामी

प्रेस युनियनले जितेका १३ जिल्ला

सिन्धुली-राजन कार्की

सुनसरी-अमर खड्का
गोरखा- किशोरजंग थापा
पर्वत- छविलाल तिवारी
धनकुटा-राजेश्वरबाबु श्रेष्ठ
सिन्धुपाल्चोक- महेश श्रेष्ठ
नवलपरासी-होमराज रानाभाट
रामेछाप-रमेश ढुंगेल
संखुवासभा-इन्द्र गिरी
तेह्रथुम- नरेश ढुंगाना
कैलाली- जगत साउद
डोटी-योगेन्द्र बलायर
अनलाइन पत्रकार संघ-शिव सत्याल

प्रेस सेन्टरले जितेका छ जिल्ला

धनुषा- अनिल मिश्र

कपिलवस्तु- डिल्लीराम भुसाल

सल्यान- प्रतिक इच्छुक शर्मा
रुपन्देही-यानेन्द्र जिसी
प्युठान- महाबीर राना
झापा- तारामणि सापकोटा

निर्वाचन हुन बाँकी १४ जिल्ला

पाल्पा, स्याङ्जा, तनहु, पाँचथर, चितवन, नुवाकोट, रोल्पा, सुर्खेत, काभ्र, दैलेख, जाजरकोट, बारा, सिराहा र सप्तरी । source : onlinekhabar.com

 

 

प्रतिक्रिया