सुख्खामा धुलो खानुहोस, वर्षामा हिलो !

सुख्खामा धुलो खानुहोस, वर्षामा हिलो !

दैलेख, फागुन २४ । दैलेखको सदरमुकाम दैलेख बजारमा खानेपानीको पाईप गाड्नेक्रममा सडक खनेपछि स्थानीय र बटुवा धुलोले हैरान भएका छन् । यो हैरानी आगामी आर्थिक वर्षसम्म रहने पनि निश्चित छ ।
hhhhhनारायण नगरपालिका खानेपानी तथा सरफाई आयोजनाले पाइड गाड्न बजारको सडक खनेको थियो । नगरपालिकाले सडक पुनःनिर्माण गर्ने सहमति भएअनुसार भत्काइएको सडक नगरपालिकाले बनाउनुपर्ने छ । तर, नगरपालिकाले यो वर्ष सडक पुनःनिर्माण नगर्ने जनाउ दिएकाले आगामी आर्थिक वर्षसम्म दैलेख बजार धुलाम्मे र हिलाम्मे हुने भएको हो । नारायण नगरपालिकाका कार्यकारी अधिृकत भक्त मल्लले यो वर्ष सडक पुनःनिर्माण नहुने जानकारी दिए । उनले आगामी वर्ष बजेट विनियोजन गरेर सडक बनाइने बताए ।
साँघुरो सडकमा गुड्ने ठूला गाडीले उडाउने धुलाले बजार नदेखिने गरी छोपिएको हुन्छ भने बटुवा तथा पसलेहरु सडकको ध्लो खान वाध्य भएका छन् । धुलोको कारण विरामी पर्नेहरु पनि अस्पताल आउने गरेको अस्पताल स्रोतले जनाएको छ । धुलोको कारण फोक्सो तथा श्वासप्रश्वास सम्बन्धि रोग लाग्ने स्वास्थ्यकर्मी बताउँछन् । बजारमा उड्ने धुलोको कारण होटेलका खाना पनि प्रदुशित बन्ने गरेका छन् भने तयारी पोशाकसमेत फोहोर भएको पसलेहरु बताउँछन् ।
कार्यकारी अधिकृत मल्लले धुलो वा पानी रोज्नुपर्ने अवस्था आएको भन्दै आफूहरुले यो वर्ष धुलो रोजेको बताए । उनले यो वर्ष सडक पुनः निर्माणका लागि वजेट नभएको बताए । गर्मी मौसममा धुलोले सताउने छ भने वर्षा लागेपछि हिलोले सताउने निश्चित भएको छ ।

प्रतिक्रिया