बाँकेका विभिन्न स्थानमा मधेशी मोर्चाद्वारा बिहानैदेखि प्रर्दशन

बाँकेका विभिन्न स्थानमा मधेशी मोर्चाद्वारा बिहानैदेखि प्रर्दशन

npj

नेपालगन्ज  ।

सप्तरी घटनाको विषयलाई लिएर मधेसी मोर्चाले आह्वान गरेको तराई–मधेस वन्दको दोस्रो दिन बाँकेको जनजिवन विहानैदेखि प्रभावित भएको छ । मोर्चाका कार्यकर्ताहरुले बिहानैदेखि जिल्लामा विभिन्न ठाउँहरुमा प्रर्दशन गरिरहेका छन् ।

मङगलबार मोर्चाले गरेको बन्दको प्रभाव जिल्लामा खासै नपरेपनी आज भने बिहानैदेखि बन्दको प्रभाव परेको छ । जमुनाहा, राँझा, नेपालगन्ज, मानपुर, सोनपुर लगायतका ठाउँहरुमा मोर्चाका कार्यकर्ताहरुले प्रर्दशन गरिरहेका छन् ।

बन्दका कारण लामो तथा छोटो दूरीका सवारी साधन चलेका छैनन् ।

बजार, उद्योग कलकारखाना, विद्यालय सबै ठप्प छन् । यातायातका साधन नचलेपछि यात्रुहरु अलपत्र परेका छन् । बन्दमा कुनै अप्रिय घटना घट्न नदिन चोक चोक ठूलो सख्ङ्यामा प्रहरी परिचालन गरिएको छ ।

 

प्रतिक्रिया