मातृभूमिको रक्षामा उत्रिन विप्लवको आब्हान

          |   प्रकाशित मितिः बिहिबार, फाल्गुन २६, २०७३     ::: 329 पटक पढिएको   |  

Biplob-dang-2-21-358x300

२६ फागुन, काठमाण्डौँ । नेकपा माओवादीले कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिकामा भारतीय सुरक्षाकर्मी एसएसवीले गोली हानी एक नेपालीको हत्या गरेको घटनाको भत्र्सना गर्दै मातृभूमिको रक्षामा उत्रन सम्पूर्ण देशबासीलाई आव्हान गरेको छ ।

घट्नापछि विज्ञप्ति जारी गर्दै नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले कन्चनपुरमा भारतीय साम्राज्यवादले गरेको उक्त कायरतापुर्ण हत्यामा संलग्नलाई अन्तराष्ट्रिय कानुनअनुसार कारवाही गर्न माग गरेका छन् ।

विप्लवले घट्नाको भत्र्सना गर्दै नेपालीमाथि दमन भइरहँदा पनि सरकार लाचार बनेर दलाली गरेको बताएका छन् ।

आज बिहान एसएसवीले गोली हान्दा कन्चनपुर आनन्द बजारका गोविन्द गौतमको मृत्यु भएको छ भने सुरक्षाकर्मीसहित दजर्नौ नेपाली घाइते भएका छन् ।



Leave a comment

Your email address will not be published.


*