जाजरकोट बस दुर्घटना अपडेट : कम्तिमा १२ जनाको मृत्यु, १५ गम्भिर घाइते

          |   प्रकाशित मितिः बिहिबार, फाल्गुन २६, २०७३     ::: 284 पटक पढिएको   |  

17190832_1876757829280356_1693638586084271436_n

जाजरकोट बस दुर्घटना अपडेट : कम्तिमा १२ जनाको मृत्यु, १५ गम्भिर घाइते
प्रकाशित मिति: बिहिबार, फाल्गुण २६, २०७३ समय: १८:२७:२८
काठमाडौँ । जाजरकोटमा केही बेर अगाडी भएको यात्रुबहाक बस दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको छ । ५० जना यात्रु सवार बसमा कम्तिमा १५ जना गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलका अनुसार सदरमुकाम खलंगाबाट खारातर्फ गइरहेको लु३ख २२७९ नम्बरको बस भेरीमालिका भन्ने स्थानमा दुर्घटना भएको तर दुर्घटनाको कारण अझै खुलीसकेको छैन । घटना स्थलमा प्रहरी पुगेर उद्धारको काम सुरु गरिसकिएको बताइएको छ । दुर्घटनाबारे थप जानकारी आउन बाँकी नै छ ।



Leave a comment

Your email address will not be published.


*