गोविन्द गौतमको हत्या पछि दुई उच्चस्तरीय वार्ता सकियो

गोविन्द गौतमको हत्या पछि दुई उच्चस्तरीय वार्ता सकियो

17200112_1000934530007834_1251274636_o

  • तस्वीरमा मृतक गोविन्द गौतमका ७१ बर्षिय बुवा खेमलाल गौतम,आमा हरिदेवी गौतम बर्ष ६६, धर्मपत्नी सुशिला बर्ष २७,  नाबालिका छोरीहरु आशिका बर्ष १०, आकृति बर्ष ७ ,  आसुम गौतम बर्ष २

हेमन्त न्यौपाने

आनन्दबजार, फाल्गुन २६ कल्भर्ट निर्माण देखि सुरु भएको आनन्द बजारमा भारतीय एसएसबीले हतियार सहित आएर धम्याएपछी आक्रोशित बनेका जनताले ढुंगामुढा गरेपछि भारतीय एसएसबीको गोलीबाट पुनर्वास नगरपालिका – ८ का गोविन्द गौतमको मृत्यु भएको छ । नेपालका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनाल र सहायक प्रमुख जिल्ला अधिकारी प्रेम बहादुर कुवंरको टोलिले भारतीय डि.यम. आकाश दिप संग तीन बुँदे सहमति गरेको छ । सहमतिमा पहिलो तत्कालका लागि सो क्षेत्रबाट आवतजावत बन्द गर्ने, दोस्रो कल्भर्ट निर्माण कार्य हालका लागि रोकी सिमा छुट्याउन यथासिघ्र दुबै देशले पहल गर्ने र तेस्रो हत्याको अनुसन्धान गरि दोषीलाई कारबाहि गर्ने । गोलि चलाउनेको नाम सर्बेन्द्र सुक्ला रहेको स्रोतले बताएको छ । भारतीय सिमा सुरक्षा बल एसएसबीले नेपाली जनता तथा प्रहरी माथी १२ राउण्ड गोलि प्रहार गरेको थियो भने नेपाल ससस्त्र प्रहरी पछि हटेको थियो । एसएसबी र भारतीय स्थानीयको आक्रमणबाट २ दर्जन भन्दा बढी स्थानीय घाइते, आधा दर्जन भन्दा बढी नेपाल प्रहरी र ससस्त्र प्रहरी घाइते भएका छन । नेपाली बजार आनन्द बजार मै घुसेर हतियार सहितका एसएसबीले नेपाली नम्बरको दुई मोटरसाइकल तोडफोड गरेका छन । दुई वटा घरमा तोडफोड गरका छन । घरमा भएको दराज, कुर्सी टेबल सबै केही लगेका छन भने केहि तोडफोड गरेका छन । वार्ता गर्न आएका प्रमुख जिल्ला अधिकारीलाई आक्रोशित जनताले मुर्दाबादको नारा लगाउदै २ घण्टा सम्म घेराउ गरि ढुंगामुढा प्रहार गरेका थिए ।

प्रतिक्रिया