पुराना स्थानीय तह भंग, नयाँ अस्तित्वमा

पुराना स्थानीय तह भंग, नयाँ अस्तित्वमा

२७ फागुन, काठमाडौं । सरकारले बिगत करीव २५ वर्षदेखि अस्तित्वमा रहेका गाउँ विकास समितिहरुको संरचना आजैदेखि भंग भएको घोषणा गरेको छ । उपप्रधानमन्त्री एवं स्थानीय बिकास मन्त्री थापाले भने, ‘आजदेखि गाउँ विकास समितिका संरचनाहरु भंग भएका छन् । राजपत्रमा ७४४ वटा स्थानीय तहको संरचना प्रकाशित भइसकेको छ । अब गाउँपालिकाहरु अस्थित्वमा आएका छन् ।’स्थानीय विकास मन्त्री कमल थापाले शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी गाविस संरचनाहरु भंग भएको घोषणा गरे।

तत्कालीन स्थानीय विकासमन्त्री हितराज पाण्डेले जाँदा जाँदै स्थानीय तहको संरचनामा हस्ताक्षर गरी राजपत्रमा प्रकाशित गराएका थिए । सरकारले पाण्डेलाई हटाएर थापालाई सो मन्त्रालयको जिम्मेवारी दिएको छ ।

अब सबै कामहरु गाउँपालिकामार्फत हुनेछन् । यसअघिका गाविसहरु वडामा सीमित भएका छन् ।

२०४७ सालसम्म गाउँ पञ्चायत भनिएका स्थानीय संरचनाहरु २०४७ सालको संविधानपछि गाउँ विकास समितिमा रुपान्तरण भएका थिए ।

अब गाउँ विकास समितिहरु गाभिएर गाउँपालिका बनेका छन् । गाउँपालिकाको तत्काल न्यूनतम बजेट एक करोड रुपैयाँ हुनेछ ।

 

प्रतिक्रिया