गौतमको शवलाई अन्ततः राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिने

गौतमको शवलाई अन्ततः राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिने

gobinda-gauta
हेमन्त न्यौपाने
पुनर्वास, फाल्गुन २८
सिमा विवादको झडपमा भारतीय प्रहरीको गोलिबाट मृत्यु भएका पुनपा ८ का गोविन्द गौतमको शवलाई राष्ट्रिय सम्मान दिईने भएको छ । राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिंदा शव देखेपछि आन्दोलित जनता झनै उग्र हुन सक्ने भन्दै शव यात्रा गरि दोदा नदिमा दाहासंस्कार गरिन खोजिए पछि पत्रकार तथा जनताको आन्दोलनपछि आइतबार ६५ बिगाहा क्षेत्रमा सलामी सहित राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिन लागेको कञ्चनपुर क्षेत्र नम्बर १ का सांसद दिवान सिंह बिष्टले जानकारी गराएका छन । मृत्यु भएको २ दिन सम्म धनगढी राखिएको मा अब हतार नगरि एकदिन अरु धनगढीमै राखेर उच्च सम्मानका साथ राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिनु पर्ने राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष लोकेन्द्र लम्सालले बताए ।

प्रतिक्रिया