शिखर प्लाईको कारखानामा भिषण आगलागी नियन्त्रण प्रयास जारी

शिखर प्लाईको कारखानामा भिषण आगलागी नियन्त्रण प्रयास जारी

IMG_2709-1

नेपालगन्ज आईतबार साँझ करिव ५ः ५० बजेतिर लागेको आगो नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयबासिन्दा र दमकलको सहयोगले नियन्त्रणमा लिने प्रयास जारी छ । चर्चित शिखर प्लाईउडको उत्पादन हुने सो कारखानामा लागेको आगो धुँवा र आवस्यक अनुसारको दमकल नहुँदा नियन्त्रणमा लिन कठिन भएको छ । औद्योगिक क्षेत्र परिसरमा रहेको मोर्डन डोर्स एण्ड उड प्रोडक्टसको कारखानामा आईतबार साँझ भिषण आगलागी भएको छ । नेपालगन्जमा रहेको दमकलले मात्र आगो नियन्त्रणमा लिन कठिन भएपछि छिमेकी जिल्ला बर्दियाबाट समेत अर्को दमकल बोलाएर आगो नियन्त्रणमा लिने प्रयास भईरहेको छ । औद्योगिक क्षेत्रमा रहेको पानीको टंकीबाट आगो नियन्त्रणमा लिनको लागि आवश्यक पानी प्रयाप्त भएपनि दमकलको जस्तो आवश्यक औजारको कमीले गर्दा कठिन भएको उद्दारमा खटेका प्रहरीले जनाएका छन् । ‘एक्कासी आगो देखियो कसरी लाग्यो थाहै भएन’– नजिकै रहेका मजदुरले भने । सर्टसकिृट तथा प्लाईउड निर्माण गर्दा बोईलरबाट निस्केको आगोबाट कारखानामा आगो लागेको हुनसक्ने आशंका गरिएको छ । समाचार तयार पार्दासम्म आगो नियन्त्रणमा आउन नसकेको कारण क्षतिको यकिन हुन सकेको छैन् ।

IMG_2703-1-768x576

IMG_2705-1

प्रतिक्रिया