सरकार आउने आशमा बसेका सहिद गौतमका बुवा

सरकार आउने आशमा बसेका सहिद गौतमका बुवा

सरकारको राहत कागजमा मात्र सिमित

Govinda Gautam ka buwa

हेमन्त न्यौपाने
पुनर्वास, चैत ०२

गत विहिबार भारतीय सुरक्षा कर्मीको गोलिबाट सहादत प्राप्त गरेका सहिद गोविन्द गौतमको घरमा अहिलेसम्म
कुनै सरकारको प्रतिनिधि पुगेको छैन ।

सरकारले गौतमको मृत्यु पश्च्यात राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार माध्यमले सरकारलाई ध्यानाकर्षण गराए पछि मृत्यु भएको भोलि पल्ट नै सहिद घोषणा गरेको थियो । सहिद घोषणा गर्दै सहिद परिवारलाई तत्काल राहत स्वरुप १० लाख उपलब्ध गराउने भनिएता पनि आज घटनाको ७ औं दिन सम्म पुग्दा पनि न त कुनै सरकारको प्रतिनिधित्व गर्ने निकाय पुगेको छ न त कुनै सरकारले घोषणा गरेका राहत ।

सहिद गौतमका ७२ बर्षिय वृद्ध बुवा खेमलाल गौतम बताउनु हुन्छ :- अहिलेसम्म न त कुनै सरकारी निकाय पुगेको छ, न त सरकार राहत !

आज संघर्ष समितिले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीलाई भेटी ज्ञापनपत्र बुझाएको छ ।

प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनाललाई भेटी बुझाएको ज्ञापनपत्रमा सिमा क्षेत्र यथासिघ्र छुट्याएर सिमालाई दीर्घकालीन समाधान खोजिनु पर्ने, पुनर्वासमा ससस्त्र प्रहरीको क्याम्प स्थापना हुनुपर्ने, सहिद परिवारलाई सरकारले घोषणा गरेको क्षतिपुर्ती बढाएर लैजानु पर्ने, घाइतेहरुको खोजी गरि तत्काल उपचार रकम उपलब्ध गराउनु पर्ने, दोषीको पहिचान गरि दोषी उपर कारबाहीको माग गर्नुपर्ने मागहरु उल्लेख गरिएको घटनाको संघर्ष समितिका संयोजक कृष्ण तामाङ्गले बताए ।

प्रमुख जिल्ला अधिकारी खनालले दुई देशिय सिमाविदहरु आएर सो क्षेत्र अवलोकन गरेर गैसकेको हुँदा तत्काल सिमानाका समस्या समाधान हुने बताएको संयोजक तामाङ्गले बताए ।

सहिद गौतमका जेठा दाजु विष्णु गौतमले सरकारले सुकुम्बासीमा सानो कटेरो बनाएर बसेका परिवारलाई अहिलेसम्म सरकारका कुनै प्रतिनिधिहरु आएर सन्त्वना तथा राहत उपलब्ध नगराएको प्रती दु:ख व्यक्त गरे । सरकारले सहिद घोषणा गरेपनि सहिद परिवारलाई घोषणा गरिएका राहतहरु उपलब्ध नगराउदाँ पीडा झन चुलिएको बताए ।

सरकारसंग तत्काल राहत रकम उपलब्ध गराउन कञ्चनपुर जिल्ला क्षेत्र नम्बर १ का सांसद दिवानसिंह बिष्टले सरकार समक्ष जोडदार पहल गर्नु भएको नेपाली कांग्रेस पुनर्वास सभापति यम प्रसाद पौडेलले बताए ।

हामीले यस समाचार सम्प्रेषण गरिरहँदा पुगेका ईलाका प्रशासन कार्यालय त्रिभुवनबस्तीका प्रमुख नागेन्द्र प्रसाद जोशीले गृह मन्त्रालयले फागुन २८ गते सहिद घोषणा गरिएको पत्र लिएर आएका थिए । आज ५ दिन पछी मात्र पत्र लिएर आउनु भएको छ नि, सरकारले उपलब्ध गराउने भनी घोषणा गरिएको राहत पनि आइपुगेको छैन, सरकारबाट सरकारबाट कुनै टोलि आएको छैन भनेर सोध्दा प्रहरी मार्फत पत्र पहिले नै पठाइएको र राहत रकमका लागि पहल भएको बताएता छन ।

प्रतिक्रिया