द्धारी हाईड्रो आयोजना सम्पन्न

द्धारी हाईड्रो आयोजना सम्पन्न

दैलेख, चैत १३ । दैलेखको द्धारीमा ३.७ मेगावाट क्षमताको द्धारीखेला जलविद्युत् आयोजना सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमकाबीच आयोजनाको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले उद्घाटन गरेका छन् । आयोजनाबाट उत्पादन भएको विद्युत जिल्लामा ३३ केभी प्रसारण लाइन नभएकाले जिल्ला सदरमुकामस्थित सब स्टेसनमा जडान गरिएको छ । IMG_2829
आयोजना निजी क्षेत्रको भूगोल इनर्जी प्रालिले निर्माण गरेको हो । करिब ६५ करोड रुपैयाँको लागतमा आयोजना सम्पन्न भएको कम्पनीले जनाएको छ । आयोजना निर्माणका लागि १८ महिना लागेको आयोजनाले जनाएको छ । आयोजना सम्पन्न भएपछि दैलेख लोडसेडिंग मुक्त भएको छ । आयोजनाको विद्युत राष्ट्रिय ग्रिडमा जडान नभएकाले जिल्लामा लोडसेडिंग नहुने जिल्ला विद्युत कार्यालयका प्रमुख जगदिश पाण्डेले बताए । उनले ३३ केभि लाइन जिल्लामा पुगेपछिमात्र द्धारी आयोजनाको विद्युत राष्ट्रिय ग्रिडमा जडान हुने बताए ।
कम्पनीले द्धारी खोलाबाट २६ सय मिटर लम्वाई नहर खनेर पाईपलाईनमार्फत १ किलोमिटर डाउन पानी झारेर पावरहाउसबाट विद्युत निकालेको छ । द्धारीखोलाबाट निकालिएको विद्युत ३२ किलोमिटर पोलहरु गाडेर सदरमुकाममा रहेको सव स्टेशनमा पुर्याइएको छ । तिन चरणमा हाईड्रोपावर निर्माणको काम विभाजित गरी एकै पटक काम सुरु भएकाले आयोजना छिटो सम्पन्न भएको हो । कम्पनीले प्रभावित क्षेत्र द्धारी गाविसमा १ करोड रकम खर्च गरेर गाँउसम्म मोटरबाटो पु¥याएको छ । त्यस्तै कम्पनीले ४० रोपनी जग्गाको १ करोड रुपैँया क्षर्तीपूर्ति समेत दिई निर्माण कार्य थालनी गरेको थियो ।
कम्पनीले आयोजना प्रभावित स्थानीय जनतालाई १० प्रतिशत शेयर दिनेसमेत बताएको छ । करिब ७ लाख ५० हजार किक्त शेयर स्थानीयले पाउनेछन् । विद्युत उत्पादन भइसकेकाले शेयर खोल्ने प्रक्रिया छिटै सुरु हुने कम्पनीले जनाएको छ । नौमुले गाउँपालिका र नारायण नगरपालिकाका स्थानीयले सो आयोजनाको शेयर पाउनेछन् ।
सांसद थापाप्रति स्थानीय आक्रोशित
आयोजना उद्घाटनका लागि द्धारी पुगेका नेकपा एमालेका सांसद अम्मरबहादर थापाको भुमिका विवादित रहेको भन्दै स्थानीय आक्रोशित भएका छन् । स्थानीयको माग कम्पनीले पूरा गर्नुपर्ने भएपनि सांसद थापाले ती माग आफूले पुरा गरिदिने भन्दै आयोजको पक्ष लिएपछि स्थानीय आक्रोशित भएका हुन् । द्धारीवासीले सडक, शेयर र मुआब्जाको विषय नटुंग्या आयोजना उदुघाटन गर्न नदिने बताएका थिए । स्थानीयको विरोधका कारण उद्घाटन कार्यक्रमसमेत प्रभावित भएको थियो । सांसद थापाले जनताको पक्ष नलिएकाले स्थानीय आक्रोशित भएको द्धारीका दलबहादुर घत्रीले बताए । कम्पनीको बचाउमा सांसद लाग्नु रहस्यमय भएको उनको भनाई थियाृे ।

प्रतिक्रिया