तरकारी खेति बन्यो आय आजर्ननको स्रोत

तरकारी खेति बन्यो आय आजर्ननको स्रोत

दैलेख । दैलेखको दुर्गम ग्रामिण वस्तीका वासिन्दा तरकारी खेतिबाट पनि आय आजर्नन गर्न सकिन्छ भन्ने विश्वास गर्दैन थिए । उनीहरु गुजारा र आफ्नो प्रयोगका लागि मात्र परम्परागत तरकारी खेति गर्दै आएका थिए । तर पछिल्ला दिनहरुमा दैलेखको नौमुले गाउँपालिाकाका वासिन्दा व्यवसायीक तरकारी खेतितर्फ आकर्षित मात्र भएका छैनन् त्यसकै आम्दानीबाट घर खर्च र बालबालिकाको पढाई खर्च जुटाउँछन् ।
साविकको सल्लेरी गाविस २ की जोखी रावत आफ्ना तीन सन्तानका लागि पढाई खर्च तरकारी खेतिबाटै जुटाएको बताउँछिन् । उनले मौसमी तथा वेमौसी तरकारी खेति गरिरहेकी छन् । आलु, बन्दा, करेला, काक्रा जस्ता तरकारीको खेति गरिरहेको उनले बताइन् । उनले नौमुले बजारमा तरकारीको माग उच्च भएको भन्दै आफुले तरकारी सोही बजारसम्म लगेर बेच्ने गरेको बताइन् । पहिला सिँचाईको सुविधा नभएकाले पनि तरकारी खेति नगरिएको उनको भनाई छ । त्यसो त गाउँलेहरु तरकारी खेति गरेर आय आर्जन हन्छ भन्नेमा पनि थिएनन् । १० वर्षे द्धन्द्धको चपेटामा परेको दैलेखको यो क्षेत्र जिल्लाकै दुर्गममा पर्छ । यस क्षेत्रमा धेरैजसो मगर जातिको वसोबार तथा शिक्षाको अवस्था नाजुक रहेकाले यहाँको विकासको गति पनि निकै कमजोर थियो । शान्ति स्थापनासँगै यो क्षेत्रमा आईएनजिओ, एनजिओ र सरकारी निकायको बाक्लो उपस्थितिले यहाँको चेतना स्तरमात्र उठाएको छैन् किसानहरु व्यवसायीक बनेर स्वाबलम्बनको बाटोमा अगाडी बढेका छन् ।
नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमले किसानलाई व्यवसायीक तरकारी खेति गर्न सिकाएकोमात्र छैन् सिचाईको समेत व्यवस्था गरिदिएर सहयोगी बनेको छ । कार्यक्रमले नौमुले क्षेत्रका कालिका, सल्लेरी नौमुलेमा तरकारी खेतिका लागि सिचाई आयोजना निर्माण गरेको छ ।

प्रतिक्रिया