न्याय प्रक्रियाकै क्रममा कुटपिट !

न्याय प्रक्रियाकै क्रममा कुटपिट !

दैलेख, चैत १६ – महाबु गाउँपालिकावडा नं.३ बाँसीकी २७ वर्षीया रञ्जना मल्लले गत वर्ष सशस्त्र प्रहरीमा कार्यरत आफ्ना पति बिरुद्ध मानाचामल मुद्दा दिइन्, अदालतले मासिक ६ हजार तलव दिनू भनी फैसला ग¥यो तर त्यो तिर्न नपरोस् भनेर पति रेशमबहादुर शाहीले दुल्लू नगरपालिका–१३ वडा कार्यालयमा सम्वन्ध विच्छेद मुद्दा दिए । malika news mahila
त्यही मुद्दाको प्रतिउत्तर दिन गएकी रञ्जना माथि कुटपिट भएको छ । रञ्जनालाई कुटपिट गरेको आरोपमा दुल्लू नगरपालिका वडा नं. १३ मालिका गाउँकी २९ वर्षीया अम्बा शाही, ५० वर्षीया बालु शाही र १९ वर्षीय बीरेन्द्र शाहीलाई प्रहरीले आज गिरफ्तार गरेको छ ।
रञ्जनाका पति रेशम शाहीले वडा कार्यालयमा दिएको सम्वन्ध विच्छेदको मुद्दामा प्रतिउत्तर लगाउन मालिका पुगेको बेला रञ्जनाकी नन्द अम्बा शाही, उनकी सासु बालु शाही र देवर बीरेन्द्र शाहीले ज्यान लिने प्रयत्न गरेको भन्दै प्रहरीमा गरेको आकस्मिक खवरका आधारमा प्रहरीले उनीहरुलाई गिरफ्तार गरेको प्रहरी इन्स्पेक्टर एकिन्द खड्काले जानकारी दिए ।
वडा कार्यालयबाट फर्किदा खोटा गाडाखोला भन्ने जंगलमा बाटो कुरेर बसेका ७–८ जनाले एक्कासी झम्टेर कुटपिट गर्दै ‘यही खोला मारेर फालिदिन्छौं’ भनी आक्रमण गरेको बेला केही आफन्त र शुभचिन्तकहरुलाई मोवाइलबाट अताल्लिएर खवर गरेका आधारमा आफूले प्रहरीलाई बताएको रञ्जनाका बुवा बिष्णु मल्लले बताए ।
पीडितको उद्दारको लागि माथिल्लो डुंङ्गेवरबाट गएको प्रहरी टोली पुग्दा घटनामा संलग्न भनिएका रञ्जनाका ससुरा बमबहादुर शाही लगायतका व्यक्तिहरु फरार भएका कारण फेला परेका ३ जनालाई मात्र प्रहरीले गिरफ्तार गरेको हो ।
पीडित रञ्जनाका आधारमा देवरानी २४ वर्षीया संगीता शाही, देवर १८ वर्षीय महेन्द्र शाही, ससुरा ६० वर्षीय बमबहादुर शाही समेत ७–८ जनाको कुटपिटमा संलग्न थिए । प्रहरीले कुटपिटमा संलग्न अरु व्यक्तिहरुको खोजी गरिरहेको छ ।
पर्साको पथलैयास्थित राजस्व चुहावट नियन्त्रण कार्यालयमा कार्यरत सशस्त्र प्रहरी हवल्दार ३२ वर्षीय रेशमबहादुर शाहीले घरमा बस्न नदिएको, लाउन खान नहेरेको भन्दै ०७२ माघ ७ गते रञ्जना मल्लले दैलेख जिल्ला अदालतमा दिएको मानाचामल मुद्दामा गएको मंसिर १२ गते ‘मासिक ६ हजार तलव दिनु’ भन्ने फैसलापछि माघ २० गते रेशमबहादुरले दुल्लू नगरपालिका कार्यालयमा सम्वन्ध विच्छेदको मुद्दा दिएका छन् ।

प्रतिक्रिया