दैलेख जिल्लामा न्यूनीकरण हुदै वालविवाह

दैलेख जिल्लामा न्यूनीकरण हुदै वालविवाह

निर्मल अधिकारी
दैलेख, गाउ गाउमा बाल क्लवहरुको सक्रियता बढदै गएपछि अहिले जिल्लामा वालविवाह न्यूनिकरण हुदै आएको छ । बाल विवाहले महिला तथा बालबालिकाहरुको स्वास्थ्य र जीवनयापनमा समस्या देखिए पछि बाल विवाह घट्दै गएकोे स्थानीय जानकारहरु बताउछन् । News Child Marriage Photo
राज्यले पनि बाल विवाहलाई बन्देज गरेको छ । मुलुकी ऐन २०२० अनुसार संरक्षकको मन्जुरी भएमा केटा र केटीको उमेर २० वर्ष पुग्नु पर्छ । उमेर २० वर्ष नपुगी विवाह भएमा ३ महिना देखि ३ वर्ष वा एक हजार देखि १० हजार सम्म कैद वा जरिवाना दुवै हुन सक्ने व्यवस्था कानुनले गरेको छ । महिला तथा बालबालिकाको क्षेत्रमा लामो समय देखि काम गर्दै आएका हिरासिंह थापा भन्छन् ‘सानो उमेरमा विहे गर्दा पढाई छुट्ने, आर्थिक समस्या बढ्नुका साथै बेरोजगार हुने, उपचारमा खर्च बढ्ने, सन्तान धेरै जन्मने हुनाले गरिवी झन बढ्ने सम्भावना देखिन्छ ।’ उनी थप्छन्, सानो उमेरमा प्रजनन अंगहरुको पूर्ण रुपमा विकास भैनसकेको हुदाँ मातृमृत्यु, शिशु मृत्युदर बढ्ने हुनुका साथै पाठेघरको क्यान्सर लगायत यौनजन्य रोगहरु लाग्नुका साथै अन्य शारीरिक तथा मानसिक विकासमा समेत बाधा पुग्ने भएको हुदा वाल विवाह रोक्नु पर्छ ।

जिल्ला प्रहरी कार्यालयको तथ्याँक अनुसार जिल्लामा करिब २ सय ६० वटा वाल विवाहरु रोकिएका छन् । प्रहरीको प्रत्यक्ष सक्रियतामा ४५ वटा वाल विवाह रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक गोदा चौधरीको भनाई छ । उनी भन्छिन् वाल विवाह न्यूनिकरण तथा रोकथामका लागि दैलेख जिल्ला देशभरिकै अग्रस्थानमा रहेको छ ।

दुल्लु नगरपालिका ८ कि सुमित्रा सिंह भन्छिन् मेरो प्रत्यक्ष संलग्नतामा ८÷१० वटा बाल विवाह भए । वाल विवाहले भविश्यमा पर्ने असरको बारेमा जानकारी नपाएकै कारण विगतमा त्यस्तो कार्य गरे । पारिवारिक सम्बन्ध राम्रो हुनेले सम्झिन्छन् नराम्रो हुनेले त्यस्ले विवाह गरिदिएकी हो भनेर गाली गर्छन् । अब वाल विवाहलाई सहयोग पनि नगर्ने र उनीहरुले आयोजना गरेको भोज भतेरमा पनि सहभागी नहुने शाहीको भनाई छ ।

साविकको पिलाडी गाविस वडा नं ३ का प्रकाश वि.सी. भन्छन् साथीको लह लहैमा लागेर १५ वर्षकै कलिलो उमेरमा विहे गरे । सानो उमेरमा विहे गर्दा कस्तो असर पर्छ भन्ने मलाई जानकारीनै थिएन् । वाल विवाह भनेर मेरो हुदै गरेको विहे रोकियो । अब २० वर्ष उमेर पुगेपछि मात्रै विहे गर्ने योजना बनाएका प्रकाश अहिले कक्षा ९ मा अध्ययन गरिरहेका छन् । अब देखि वाल विवाह विरुद्धको अभियानमा जुट्ने प्रकाशको भनाई छ ।

साविकको पिलाडी गाविस जिल्लाकै सबै भन्दा बढी बाल विवाह रोकिएको गाविस हो । एक दर्जन भन्दा बढी वाल विवाह रोक्न सक्रिय भूमिका खेलेकि सामाजिक अभियान्ता ललिता वि.सी. भन्छिन् भविश्यमा केटा केटीले दुःख नपाउन भनेर वाल विवाह रोेकेकी हु । विवाह रोक्दा मैले र मेरो परिवारले समाजमा धेरै पिडा भोग्नु प¥यो । तर मलाई खुसि लाग्छ भविश्यमा उनीहरुको जीवन वर्वाद हुनबाट जोगिएको छ ।
अहिले विवाहका लागि बोलाईएका पुरोहितहरु पनि केटा केटीको उमेर २० वर्ष पुगे नपुगेको सोध्ने गर्छन् । चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नं ४ का पुरोहित जीवराज रेग्मी भन्छन् केटा केटीको उमेर थाहानै नपाएर विहेमा सहभागी हुने हो भने आफै समस्यामा पर्ने डरले गर्दा उमेर सोधी सहभागी हुने गरेको छु । उमेर नपुगी गरिएको वाल विवाहमा आफु सहभागी नभएको पुरोहित जीवराज रेग्मीको भनाई छ ।

प्रतिक्रिया