दायित्वबाट विमुख हुनुहुँदैन ः स्थाविअ पन्थी

दायित्वबाट विमुख हुनुहुँदैन ः स्थाविअ पन्थी

दैलेखका स्थानीय विकास अधिकारी डिलाराम पन्थीले सरकारी निकाय र विकास साझेदार गैरसरकारी संस्था कसैले आफ्नो दायित्वबाट विमुख हुनु नहुने बताउनुभएको छ । इन्सेक दैलेखले आयोजना गरेको सेवाप्रदायक र सेवाग्राहीवीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो ‘सरकारका निकाय अझ बढी उत्तरदायी हुनुपर्छ ।’ Right Holder and service providar news (2)
स्थानीय विकास अधिकारी पन्थीले पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्व सरकारको सुशासन नीति भएकोले सार्वजनिक सुनुवाइ वा यस्ता जवाफदेहिता अभिवृद्धि गर्ने अन्तरक्रियाले नीति कार्यक्रम बारे प्रकाश पार्ने सहयोग समन्वय बढाउन सहयोयी बन्ने बताउनुभयो ।
कार्यक्रममा उठेको प्रश्नको जवाफ दिंदै बरिष्ठ कृषि विकास अधिकृत रमेशचन्द्र सुवेदीले कृषिलाई आधुनिक प्रविधि र व्यवसायिकता बनाउन कृषकहरुलाई अनुदान तथा प्रविधि हस्तान्तरण कार्यक्रमहरु सञ्चालन भएका बताउनुभयो । कार्यक्रम महिला विकास अधिकृत अनिता ज्ञवालीले महिला हिंसा नियन्त्रण सामाजिक जवाफदेहिता आवश्यकता दर्शाउनुभयो ।
त्यसबखत जिल्ला शिक्षा कार्यालयका सन्दर्भ उठेका प्रश्नहरुको जवाफ दिंदै शाखा अधिकृत भीमप्रसाद शर्माले आउँदो शैक्षिकसत्र सुरु हुँदा सबै विद्यालयले विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पारिसक्ने बताउनुभएको छ । उहाँले भन्नुभयो ‘अघिल्लो वर्ष देशभर कक्षा ९ को पाठ्यपुस्तक अभावको भएको घटनाले यो वर्ष सिकाई भएको छ ।’
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत कृष्ण सापकोटाले जिल्ला अस्पताल र स्वास्थ्य चौकीले निशुल्क दिने औषधिको विवरण कार्यालय हातामा सबैले देख्ने ठाउँ टाँस्ने व्यवस्था गरिने बताउनुभयो । बजेटको अभावमा सूची राखिएका सबै औषधि निशुल्क दिन नसकिएको स्वीकार गर्नुभयो ।
सेवाप्रदायक र सेवाग्राहीवीचको अन्तरक्रिया कार्यक्रममा कृषि, स्वास्थ्य, शिक्षा लगायत विकाससंग अन्तरसम्वन्धित कार्यालयका प्रमुखहरु, मानवअधिकार निगरानी समूह, पत्रकार र सरोकारवाला निकायको सहभागिता थियो । कार्यक्रमको सहजीकरण इएलपी कार्यक्रमका जिल्ला सहजकर्ता अमर सुनारले गर्नुभएको थियो ।

प्रतिक्रिया