पूर्व प्राविदेखि माविसम्मका विद्यालय खारेज, झस्किए सञ्चालक

पूर्व प्राविदेखि माविसम्मका विद्यालय खारेज, झस्किए सञ्चालक

ललितपुर– ललितपुर जिल्ला शिक्षा कार्यालयले १६ झोेले विद्यालय खारेज गर्ने भएको छ ।
शिक्षा कार्यालयमा दर्ता भएका तर सञ्चालनमा नरहेका १६ संस्थागत विद्यालय खारेज गर्ने निर्णय गरेको कार्यालयले जनाएको छ । ‘सञ्चालनमा नरहेका विद्यालय खोजी गरियो, सो क्रममा १६ वटा स्कुल सञ्चालनमा नरहेको पाइयो र हामीले खारेज गर्ने निर्णय गर्यौं ।’ सहायक जिल्ला शिक्षा अधिकारी एवं संस्थागत विद्यालय शाखाका प्रमुख गोकर्णध्वज कार्कीले भने ।
उनका अनुसार त्यसरी खारेज हुने विद्यालयमा पूर्व प्राथमिक विद्यालयदेखि माध्यमिक तहसम्मका विद्यालय रहेका छन् । ती विद्यालयहरुमा चापागाउँ स्रोतकेन्द्रको ज्योति एकेडेमी, ढोलाहिटी, ठैब स्रोतकेन्द्रको सन्नीसाइड एकेडेमी हरिसिद्धी, लगनखेल स्रोतकेन्द्रका केयरटप स्कुल, केन्ट मावि, गोरखा मेमोरियल ईं स्कुल, वल्र्ड भिजन स्कूल, प्रज्ज्वल पूर्व प्रावि, पूर्णतारा स्कुल, सानेपा स्रोतकेन्द्रका ममता विद्यासदन, क्रेसेन्ट मावि, छम्पीस्थित दक्षिणकाली प्रावि, वृजवाटर स्कुल, माउन्टभ्याली आवासीय मावि, ज्ञान अवतार बोर्डिङ स्कुल र ज्ञानज्योति स्कुल रहेका छन् ।
उनले ती विद्यालयहरु काजगमा भएको तर अनुगमनका क्रममा भने कुनै पनि ठाउँमा नभेटिएको विद्यालय निरीक्षक तथा स्रोतव्यक्तिहरुबाट जानकारी आएको बताए । ती विद्यालयहरुको भवन पनि छैन, विद्यार्थी पनि छैनन् सोही कारण जिल्लामा झोले विद्यालय रहेकोले सो हटाउन पनि खारेज गरिएको उनको भनाइ छ ।
झोले विद्यालयहरु हरेक वर्ष खरीदबिक्री हुने गरेको, आर्थिक रुपमा विद्यालय निरीक्षकदेखि स्रोतव्यक्तिसम्मका व्यक्तिले लाभ उठाइरहेको सन्दर्भमा जिशिकाबाट भएको खारेजले संस्थागत शिक्षाका सरोकारवाला झस्किएको ललितपुरले जनाएको छ ।
जिशिकाले पूर्वप्रावि, प्रावि र निमावि तहसम्मका विद्यालय खारेज गर्ने अधिकार राखेको बताउँदै सहायक जिअिअ कार्कीले मावि तहको विद्यालय खारेजका लागि क्षेत्रीय शिक्षा निर्देशनालय पठाएको जानकारी दिए ।

एडुखवरमा समचारछ ।

प्रतिक्रिया