मैना सुनार हत्या प्रकरण : तत्कालिन तीन सैनिक अधिकारीलाई जन्मकैद फैसला

मैना सुनार हत्या प्रकरण : तत्कालिन तीन सैनिक अधिकारीलाई जन्मकैद फैसला

वैशाख ४, २०७४- माओवादीसंगको युद्धकालमा गरिएको एक गैरन्यायिक हत्याको मुद्दामा नेपाली सेनाका तत्कालिन तीन अधिकारीलाई काभ्रे जिल्ला अदालतले जन्मकैदको सजाय दिएको छ । यसप्रकारको मुद्दामा सैनिक अधिकारीलाई अदालतबाट सजाय गरिएको संभवत पहिलो पटक हो । maina-sunuwar-17042017021417-1000x0

जिल्ला न्यायाधीश मेदिनीप्रसाद पौड्यालको इजलासले वीरेन्द्र शान्ति तालिम केन्द्रका तत्कालीन महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनील अधिकारीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम जन्मकैद हुने फैसला गरेको हो । जन्मकैद फैसला भएपनि ५ बर्ष कैद गर्नु ‘मनासिब’ हुने भन्दै सर्वोच्च अदालतलाई राय लेखेर पठाएको जिल्ला अदालतका श्रेस्तेदार कृष्णप्रसाद अधिकारीले जानकारी दिए । चालक रहेका तत्कालिन सेनानी निरञ्जन बस्नेतलाई भने ‘आदेश मात्रै पालना गरेको’ भन्दै सफाइ दिएको छ ।

इकान्तीपुरवाट साभार गरिएकाे हाे ।

प्रतिक्रिया