शैक्षिक संवादमा गुनासै गुनासा

शैक्षिक संवादमा गुनासै गुनासा

दैलेख, दुल्लु ८ स्थित नवदुर्गा आधारभूत विद्यालयमा अध्ययन गर्ने संगिता गिरीले आफ्नो विद्यालयका शिक्षकहरु विहान १२ बजे आउने ३ बजे फर्किने, कहिले काहि विद्यालयमानै नआउने र आइहाले पनि कक्षा कोठा भित्र नछिर्ने गरेकोमा विद्यालय प्रशासन र राजनैतिक कार्यकर्ताप्रति आक्रोस पोखिन् । News in Mukhkhe Narbacha office (3) News Education Dilague_Paduka (2) News Education Dilague_Paduka (1)
समय सापेक्ष शिक्षा सबै बालबालिकाको इच्छा भन्ने विषयमा गरिएको शैक्षिक संवादमा उनले गुनासो पोख्दै भनिन् ‘गुणस्तरीय शिक्षा पाउनु के हाम्रो अधिकार होइन् र ।’
संगिता जस्तै संवादमा रोजा पुरीले विद्यालयमा सट्टा शिक्षक राखेर शिक्षकहरुले विद्यार्थीको भविश्यमाथि खेलवाड गरेको बताईन् । देश भरीनै सट्टा शिक्षक राखेर पढाउने प्रचलन हटिसकेको भए पनि नवदुर्गा विद्यालयमा भने यस्तो प्रचलन कायमनै रहेको पुरीको भनाई थियो ।
विद्यालयको शैक्षिक सुधारका लागि विद्यालय प्रशासनले कुनै चासो नदिएकोमा कमला सुनार भन्छिन् विद्यालयको शैक्षिकस्तर खस्किदै जादाँ पनि सम्बन्धित निकायले के हेरेर बसेको छ । शिक्षकहरुले विद्यालयमा मदिरा सेवन गरी आउने गरेकोमा सुनारले आक्रोस व्यक्त गरेकी थिइन् ।
घेरबारको समस्याले गर्दा विद्यालयका सामाग्रीहरु असुरक्षित भएको विद्यार्थी रमा पुरीको भनाई थियो । खानेपानीको लागी बनाइएका टयांकी छन् तर पानी हुदैन्् । विद्यार्थीले बोकेर भरेको ट्यांकी रातभरमै खाली हुन्छ । गाविसमा बर्षेनी लाखौं बजेट आउछ हाम्रा लागि के काम भयो ? स्थानीय नेताप्रति आक्रोश हुदै पुरीले भनिन घरबाट बालबालिकालाई विद्यालयमा पठाउनु मात्र ठुलो कुरा होइन् । हाम्रा समस्याप्रति पनि चासो दिनु प¥यो ।
विद्यालयमा स्थायी शिक्षक भन्दा करार शिक्षकले राम्रोसँग पढाउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशिराम बुढाले बताए । विद्यालयको समग्र शैक्षिक गुणस्तर सुधारका लागि अध्यक्षले मात्रै केही गर्न सक्दो रहेनछ । सबै समुदायको सक्रिय सहभागीताले मात्रै विद्यालयलाई राम्रो र व्यवस्थीत बनाउन सकिने बुढाको भनाई थियो ।
विद्यालयमा नपढाएरै तलव खाने शिक्षकलाई कार्वाही गर्नुपर्ने धारणा संवादमा सहभागी जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि हरिबहादुर खत्रीले बताए । तलव खुवाउने र हाजिर गराउने जिम्मेवारी विद्यालय व्यवस्थापन समितिको हो । विद्यालयमा अनुपस्थित हुने शिक्षकको तलव कट्टा गर्नुपर्ने उनको भनाई थियो । विगत एक वर्ष देखि चन्द्रबहादुर शाहले विद्यालयमा हाजिरनै नगरी पारिश्रमिक लिईरहेका छन् ।
शैक्षिक गुणस्तरमा बृद्धि गर्न समुदाय र विद्यालयको सक्रिय सहभागीता हुनुपर्ने सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका वाल संरक्षण अधिकृत निर्मल अधिकारीले बताए । स्वच्छ तथा शान्त वातावरणमा अध्ययन गर्न पाउनु बालबालिकाको अधिकार हो । यस्ता संवादले विद्यालयको गुणस्तर बृद्धि गर्न सहयोग गर्ने अधिकारीले बताए ।
विद्यालयको घेरवार गर्ने, शिक्षक विद्यालयमा मदिरा सेवन नगरी नियमित उपस्थित हुने,बालमैत्री शिक्षण प्रक्रियाको अवलम्बन गर्नुपर्ने लगायतका प्रतिवद्धता संवादमा गरिएका थिए । सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको साझेदारीमा संचालित सहयात्रा परियोजनालृ नवदुर्गा अधारभूत विद्यालयले संवादको आयोजना गरेको थियो ।

प्रतिक्रिया