लक्ष्मीको नेतृत्वमा बाल संजाल

लक्ष्मीको नेतृत्वमा बाल संजाल

दैलेख, स्थानीय निकाय लगायतका संरचनामा बालबालिकाको अर्थपूर्ण सहभागीता गर्ने उद्धेश्यले नगरस्तरीय भेलाबाट लक्ष्मी रावलको नेतृत्वमा बाल सञ्जाल गठन गरेको छ । भेलामा बडास्तरीय बाल क्लवका ३९ बाल प्रतिनिधिको सहभागीता रहेको थियो । NP Bal Sanjal4 NP Bal Sanjal3 NP Bal Sanjal1 NP Bal Sanjal
नयाँ बनेको स्थानीय निकायको संरचना अनुसार बाल सञ्जाल नभएकाले भेलाबाट नयाँ गठन गर्नुपरेको नारायण नगरपालिकाका कार्यकारी अधिकृत भक्त बहादुर मल्लले बताए । उनले थपे, नगरपालिकाले उपलब्ध गराउने सार्वजनिक सेवा र वस्तुमा बालबालिकाको हकलाई सुनिश्चित गरिनेछ । अधिकार मागेर पाइदैन् । आफ्नो अधिकारका लागि बाल क्लव र बाल सञ्जालको भूमिका महत्वपूर्ण हुनुपर्ने मल्लको भनाई थियो ।
बालबालिकाको हक अधिकार, बाल सञ्जाल गठन प्रक्रिया र बालबालिकाको भूमिका बारेमा सामुदायिक विकास कार्यक्रमका पूर्ण प्रसाद शर्माले अभिमुखिकरण गरेका थिए । बालबालिका भविश्यका कर्णधार मात्रै नभएर वर्तमानका साभेदार पनि भएकाले स्थानीय निकायका विभिन्न गतिविधिमा बालबालिकाको सहभागीता अनिवार्य हुनुपर्ने सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको साझेदारीमा सञ्चालित सहयात्रा परियोजनाका बाल संरक्षण तथा बाल शासन अधिकृत निर्मल अधिकारीले बताए । उनले थपे, बालबालिका माथि हुने सबै प्रकारका हिँसा र बाल विवाह न्यूनिकरणमा बाल सञ्जालले महत्वपूर्ण भूमिका खेल्नु पर्छ ।
लक्ष्मी रावलको अध्यक्षतामा गठित समितिमा उपाध्यक्ष राजु नेपाली, सचिव गोमा कुमारी श्रेष्ठ, सह सचिव नरेश रावल, कोषाध्यक्ष भविसरा थापा मगर, सदस्य चन्दा कुमारी थापा, तुल्सी कटुवाल, तुल्सी कटुवाल, भक्त सोनी र श्रृष्टि कार्की रहेका छन् ।
बैसाख ३१ गते हुन गइरहेको स्थानीय निकायको आसन्न निर्वाचनलाई लक्षित गरि राजनैतिक दलबाट सञ्चालन गरिने सभा, सम्मेलन, जुलुस र ¥यालीमा बालबालिकाको प्रयोग भए नभएको अनुगमन गर्ने जिम्मेवारी नगरस्तरीय बाल सञ्जाल र वडास्तरीय बाल सञ्जाललाई तोकिएको निर्णय भएको छ । त्यसै गरी भेलाले बालबालिका विरुद्ध हुने सबै प्रकारका हिँसा विरुद्ध काम गर्ने र स्थानीयस्तरमा बाल विवाह न्यूनीकरणका लागि बाल क्लवहरुले विभिन्न कार्यक्रम सञ्चालन गर्ने समेत प्रतिवद्धता गरिएको थियो ।
यसैगरि ठाटीकाँध गाउपालिका, दुल्लू नगरपालिका, आठविस नगरपालिकामा आज नै गाउ नगर पालिका स्तरीय वाल क्लव संजाल गठन गरिएकोछ । वाल क्लव संजाल गठनको सहजीकरण सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले गरेको थियो ।

प्रतिक्रिया