निर्वाचनमा बालबालिका दुरुपयोग रोक्न ः कडाईका साथ अनुगमन गरिने

निर्वाचनमा बालबालिका दुरुपयोग रोक्न ः   कडाईका साथ अनुगमन गरिने

दैलेख, वैशाख ११ – वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा बालबालिकाको दुरुपयोग रोक्न दैलेखमा कडाईका साथ अनुगमन गरिने भएको छ । जिल्ला बाल कल्याण समितिको निर्णय अनुसार निर्वाचनमा बालबालिकालाई प्रयोग गरे नगरेको अनुगमन गर्न गठित बालअधिकार अनुगमन समितिको आज बसेको बैठकले कडाईका साथ अनुगमन गर्र्ने निर्णय गरेको हो । Nirbachan ma Balbalika (2) Nirbachan ma Balbalika (1)
बालअधिकार अनुगमन समितिका जिल्ला संयोजक महिला विकास अधिकृत अनिता ज्ञवालीको अध्यक्षतामा बसेको बैठकले निर्वाचनको क्रममा बालबालिकालाई चुनावी प्रचारका काममा नलगाउन छलफल गरी प्रतिवद्धता लिने, त्यसको प्रचार र ग्रामीण क्षेत्रमा समेत अनुगमन संयन्त्र तयार गर्ने निर्णय गरेको छ ।
बैठकले बालबालिकालाई चुनावी प्रचारका काममा दुरुपयोग गर्न नदिन केन्द्रीय बाल कल्याण समितिको ३० हजार र सेभ द चिल्डे«ेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखकाे साझेदारीतामा संचालित सहयात्रा परियोजनाले १ लाख २२ हजारको अलवा अरु श्रोत खोजेर २ लाख ८८ हजार अनुमानित खर्च हुने कार्ययोजना बनाएको छ ।
२०७० को संविधानसभा निर्वाचनमा बालबालिकाको दुरुपयोग नभएको केन्द्रीय बाल कल्याण समितिको प्रतिवेदन जनाइएको विषयमा छलफल गरी त्यतिवेला अनुगमन संयन्त्रले प्रभावकारी काम नगरेको निष्कर्ष निकालिएको छ ।
आज बैठकले चुनावी प्रचारमा बालबालिकाको प्रयोग भएको पाइएमा महिला विकास अधिकृतको मोवाइल नम्वर ९८५८०७०१५५ वा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालवाट संचालित बाल हेल्पलाइन १०९८ मा सम्पर्क गर्न सकिने र सिकायतको आधारमा कारवाही गरिनेछ ।
निर्वाचन आचार सहिंताले बालबालिकालाई साँस्कृतिक कार्यक्रम, प्रचारका काम वा सूचनाकर्ताको रुपमा प्रयोग गरेको पुष्टी भएमा आर्थिक दण्ड सजायका अलवा प्रचार गर्न लगाउने राजनीतिक दल वा उम्मेदवारको उम्मेदवारी खारेजसम्म हुन सक्छ ।

प्रतिक्रिया