निर्वाचनमा बालबालिका दुरुपयोग रोक्न ः कडाईका साथ अनुगमन गरिने
दैलेख, वैशाख ११ – वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा बालबालिकाको दुरुपयोग रोक्न दैलेखमा कडाईका साथ अनुगमन गरिने भएको छ । जिल्ला बाल कल्याण समितिको निर्णय अनुसार निर्वाचनमा बालबालिकालाई प्रयोग गरे नगरेको अनुगमन गर्न गठित बालअधिकार अनुगमन समितिको आज बसेको बैठकले कडाईका साथ अनुगमन गर्र्ने निर्णय गरेको हो ।
बालअधिकार अनुगमन समितिका जिल्ला संयोजक महिला विकास अधिकृत अनिता ज्ञवालीको अध्यक्षतामा बसेको बैठकले निर्वाचनको क्रममा बालबालिकालाई चुनावी प्रचारका काममा नलगाउन छलफल गरी प्रतिवद्धता लिने, त्यसको प्रचार र ग्रामीण क्षेत्रमा समेत अनुगमन संयन्त्र तयार गर्ने निर्णय गरेको छ ।
बैठकले बालबालिकालाई चुनावी प्रचारका काममा दुरुपयोग गर्न नदिन केन्द्रीय बाल कल्याण समितिको ३० हजार र सेभ द चिल्डे«ेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखकाे साझेदारीतामा संचालित सहयात्रा परियोजनाले १ लाख २२ हजारको अलवा अरु श्रोत खोजेर २ लाख ८८ हजार अनुमानित खर्च हुने कार्ययोजना बनाएको छ ।
२०७० को संविधानसभा निर्वाचनमा बालबालिकाको दुरुपयोग नभएको केन्द्रीय बाल कल्याण समितिको प्रतिवेदन जनाइएको विषयमा छलफल गरी त्यतिवेला अनुगमन संयन्त्रले प्रभावकारी काम नगरेको निष्कर्ष निकालिएको छ ।
आज बैठकले चुनावी प्रचारमा बालबालिकाको प्रयोग भएको पाइएमा महिला विकास अधिकृतको मोवाइल नम्वर ९८५८०७०१५५ वा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालवाट संचालित बाल हेल्पलाइन १०९८ मा सम्पर्क गर्न सकिने र सिकायतको आधारमा कारवाही गरिनेछ ।
निर्वाचन आचार सहिंताले बालबालिकालाई साँस्कृतिक कार्यक्रम, प्रचारका काम वा सूचनाकर्ताको रुपमा प्रयोग गरेको पुष्टी भएमा आर्थिक दण्ड सजायका अलवा प्रचार गर्न लगाउने राजनीतिक दल वा उम्मेदवारको उम्मेदवारी खारेजसम्म हुन सक्छ ।
प्रतिक्रिया