यस्ता छन् नौमुलेमा उम्मेदवार

दैलेख । स्थानीय निर्वाचनको मिति नजिकिएसँगै दलहरुले उम्मेदवार छनौटलाई तिब्रता दिएका छन् । दैलेखको उत्तरी क्षेत्रमा पर्ने नौमुले गाउँपालिकाका लागिग प्रमुख दलहरु नेपाली काँग्रेस र एमालेले प्रमुख, उपप्रमुख र वडा अध्यक्षका उम्मेदवारको टुंगो लगाएका छन् ।
तत्कालिन तोली, नौमुले, द्धारी, सल्लेरी, वालुवाटार, कालिका र चौराठा गाविस मिलाएर बनाइएको यो गाउँपालिका माओवादी द्धन्द्धको सिकार बनेको क्षेत्र हो । माओवादीको आधार इलाका मानिए पनि यो गाउँपालिकामा काँग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।
काँग्रेसबाट भगिराम बुढा प्रमुखको उम्मेदवार भएका छन् । उपप्रमुखमा अमृता सिंह उम्मेदवार हुने जनाइएको छ । बुढा काँग्रेसका लोकप्रिय युवा नेता हुन् । यस्तै वडा नम्बर १ पारस जैसी, २ बाट मोतीलाल खत्री, ३ बाट गगन रोका, ४ चन्द्रलाल बस्नेत, ५ बाट भविराम बुढा, ६ बाट दलबहादुर गुरुंग, ७ बाट मोतीलाल बस्नेत र वडा नम्बर ८ बाट पूर्णबहादुर चन्द वडा अध्यक्षका उम्मेदवार भएका छन् । काँग्रेसले सबै उम्मेदवारको टुंगो लगाएर प्रचारमा जुटेको जनाएको छ ।
यस्तै नेकपा एमालेबाट प्रमुखमा लिलबहादुर राम्जाली उम्मेदवार भएका छन् । उनी तत्कालिन नौमुले गाविसका अध्यक्ष निर्वाचित भएका थिए । उनी नौमुले क्षेत्रका चर्चित एमाले नेता हुन् । यस्तै उपप्रमुखमा युवा नेतृ झरना चन्दलाई एमालेले उम्मेदवार बनाएको छ ।
अर्काे ठूलो दल नेकपा माओवादी केन्द्रबाट छवि सुवेदी प्रमुखको उम्मेदवार बन्ने चर्चा छ । अन्य उम्मेदवार भने माओवादीले टुंगो लगाएको छैन ।
यो गाउँपालिकामा माओवादी पनि शसक्त भएकाले यहाँ त्रिपक्षीय प्रतिस्पर्धा हुने चर्चा छ ।
प्रतिक्रिया