वाल संजाल आठविसमा तपेन्द्र

वाल संजाल आठविसमा तपेन्द्र

दैलेख । दैलेखको आठविस नगरपालिकामा वाल संजाल गठन गरिएको छ । राकमकर्णालीका तपेन्द्र माझीको अध्यक्षतामा २७ सदस्यीय संजाल गठन गरिएको हो । संजालको उपाध्यक्षमा शारदा थापा छन् ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित सहयात्रा परियोजनाको सहयोगमा आठविस नगरपालिकाको आयोजनामा संजाल गठन गरिएको हो । संजाल गठन कार्यक्रममा बोल्दै आठविस नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद भट्टराईले बालबालिकाको अधिकार संरक्षण, वाल विकास, बाल सहभागिताका लागि संजालले महत्वपूर्ण भुमिका खेल्ने बताए । उनले बालबालिकालाई चुनावमा प्रयोग हुन नदिने प्रतिवद्धतासमेत गरेका थिए ।

प्रतिक्रिया