जनताको मागअनुसार काम गर्नेछु : न्यौपाने

जनताको मागअनुसार काम गर्नेछु : न्यौपाने

नेपाली काँग्रेसका युवा नेता, नारयाण नगरपालिकाका नगरसभापति, वडा नम्बर ६ वडा अध्यक्षका उम्मेदवार हुन् प्रकाश न्यौपाने । प्रस्तुत छ युवाका रोलमोडल, युवा संगठक र उम्मेदवार न्यौपानेसँग यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचन र उनको उम्मेदवारीका विषयमा गरिएको कुराकानीको सम्पादित अंश ।

नारायण नगरपालिाकाको महत्वपूर्ण वडा मध्येको एक वडा नम्बर ६ हो, यो वडामा वडा अध्यक्षको उम्मेदवार हुँदै गर्दा के के योजना बनाउनु भएको छ ?

मेरो उम्मेदवारी वडा नम्बर ६ लाई समृद्ध वडा बनाउन हो । जिल्ला सदरमुकामसँग जोडिएको वडा भएकाले यो वडा महत्वपूर्ण छ । यो वडालाई यस नगरपालिकाका ११ मध्ये, उत्कृष्ट वडा बनाउनु पर्छ भन्ने यो मिसन छ । मैले नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बन्दै गर्दा यहाँका जनताको चाहनाअनुसार काम गर्ने योजना बनाएको छ । मागमा आधारित योजना बनाउने मिसन छ । मैले यो वडाका हरेक वडाबाट मैले काम गर्नुपर्ने क्षेत्रका विषयमा सुझाव मागेको छु । विजौराको माग फरक छ, नयाँँ गाउँको माग फरक छ, भुर्तिको माग फरक छ, त्यसैले यी सबै टोलका माग तथा सुझावलाई आधार मानेर मैले आफ्नो प्रतिवद्धता पत्र तयार गर्दैछु । र सोही प्रतिवद्धतापत्रमा समेटिएका विषयलाई मैले जितेमा कार्यान्वयन गर्ने छु । म युवा भएकाले मसँग भिजन र मिसन दुबै छ, यहाँका जनताले मलाई त्यो स्थानमा पुर्याए म जनताको सुझावकै आधारमा अगाडी बढ्नेछु ।parkash

काँग्रेस नेपालको सबैभन्दा पुरानो पार्टी हो, यस पार्टीबाट युवालाई मौका छैन भन्ने आरोप लाग्ने गर्छ, तपाइले यो उमेरमै महत्वपूर्ण पदमा उम्मेदवार हुने मौका पाउनु भएको छ । यसलाई कसरी हेर्नुभएको छ ?

नेपाली काँग्रेसले यो पटकको निर्वाचनमा करिब ४० प्रतिशत युवालाई अगाडी बढाएको छ । युवालाई अगाडी बढाउने काँग्रेसको केन्द्रीय नीति हो । म ३० वर्षको भएँ । यो उमेरमा मैले जुन महत्वपूर्ण पदमा उम्मेदवार हुने अवसर पाएँ । म यो अवसरको अधिकतम उपयोग गर्नेछु । र म युवाको प्रतिनिधित्व गर्दै नारायण नगरपालिकामा पुगेँ भने मलाई अवसर दिने पार्टी नेपाली काँग्रेसलाई निरास पार्ने छैन र युवालाई अगाडी बढाउनुपर्छ भन्ने रोल मोडल भएर देखाउने छु । युवाको उर्जाशिल, क्रियाशील र रचनात्मकता नारायण नगरपालिकामा देखाउने छु ।

युवा भएकाले युवा लक्षित योजना के के छन ?

रोजगारी, समृद्धि र विकास काँग्रेसकै भिजन हो, रोजगारीको सृजना गरी युवालाई विदेशीनुबाट रोक्नु मेरो पहिलो लक्ष्य हुनेछ । र व्यवसायीक कृषितर्फ पनि युवालाई प्रोत्साह गर्नु अर्काे योजना छ । युवालाई देश निर्माणमा लगाउन सके यो नगरपालिकामात्र नभई देशको मुहार फेरिनेछ । अर्काे कुरा दैलेख खेलकुदमा पनि अलि पछाडी छ । नारायाण नगरपालिकामा खेलकुदका लागि मैदान छैन, खेल मैदान, खेलकुदको विकास अर्काे योजना हो ।

प्रकाशलाई वडा अअध्यक्षमा जिताउनै पर्ने ?

म नयाँ ढंगबाट योजना बनाउने तयारीमा छु । जनताबाटै समस्या लिएर समधान गर्ने, मागअनुसार काम गर्ने, टोलअनुसारका माग समेटेर समस्या समधान गर्ने । वडाको घोषणापत्र बनाउछु । विजौराबाट १८ वटा माग आएका छन् । यस वडामा सदरमुकामको बस पार्क छ युसलाई व्यस्थित बनाउनुछ । फुलबारी यसलाई पार्कको रुपमा विकास गरेर पर्यटकीय क्षेत्र बनाउनु छ । रेडक्रस माविलाई १२ कक्षासम्मको पढाइ हुने विद्यालय बनाउनु छ, बजार व्यवस्थापन, खानेपाी, विद्युतीकरण, विजौरामा स्वास्थ्य संस्था, नयाँ गाउँमा विद्यालय स्थापना, सडकको स्तर उन्नती, पञ्चदेवलको संरक्षण तथा प्रचारप्रसार गरी पर्यटकीय स्थल बनाउने, वेलासपुर मन्दीर र व्यवसायीक कृषिका लागि सिँचाई सुविधान पुर्याउनु छ । यी र यस्तै यावत विषयका लागि प्रकाश न्यौपाने जित्नु पर्छ । मलाई विश्वास छ यहाँका जनताको माया मैले पाउने छु ।

तपाई नेपाली काँग्रेसको नगरसभापति पनि हो, नगरमा काँग्रेसलाई जिताउन कस्ता योजना बनाउनु भएको छ ?

नगर समितिको पहलमा वडास्तरीय आमसभा, युवा परिचाल, गाउँजागरणका कार्यक्रम सम्पन्न भइसकेका छन् । हामीले चुनाव प्रचारप्रसारमा तडकभडक नदेखाउने नीति लिएका छौ । काँग्रेस अहिले एक ढिक्का भएर चुनावी मैदानमा होमिएको छ । यो नै अहिले काँग्रेसको पक्षमा माहोल तयार पर्ने शक्ति बनेको छ । हामीले युवाको जोश र पुराना नेताको होसलाई साथमा लिएर चुनावी रणनीति बनाएका छौं । त्यसैले पनि यो नगरपालिकामा काँग्रेसको जित निश्चित छ ।

यस नगरपालिाकामा काँग्रेसको प्रतिस्पर्धी दल को हो जस्तो लाग्छ ?

एमाले नै हो । एमालेसँग यहाँ हाम्रो सिधा प्रतिस्पर्धा छ । अन्य दलहरु पनि छन् तर उनीहरुको त्यति प्रतिस्पर्धी देखिएका छैनन् । यहाँ एमालेले गलत प्रचारलाई अगाडी बढाई रहेको छ । यसलाई चिर्नु नेपाली काँग्रेसको रणनीति छ । यहाँ ५४ सालमा एमालेले जितेको थियो तर यो २० वर्षमा जनता फेरिएका छन्, अवस्था फेरिएको छ, मतदाता नयाँ छन् । ५४ सालमा नजन्मेकाले पनि यो निर्वाचनमा मतदान गर्दैछन् । उनीहरुको विचार भिन्न छ । त्यसैले हामी २० वर्ष पहिलाको नतिजालाई उल्ट्याउन लागिपरेका छौं । नारायण नगरपालिकामा २० वर्ष एमालेले शासन गर्दा जनताले के पाए छर्लंग छ, त्यसैले पनि यो पटक काँग्रेस विजयी हुनेमा हामी ढुक्क छौं ।

उम्मेदवार छनौटको क्रममा यस नारायणनगरपालिकामा काँग्रेसभित्र विवाद भएको छैन । यसलाई कसरी व्यवस्थापन गर्नुभयो ?

काँग्रेसको केन्द्रीय परिपत्रअनुसार सबै उम्मेदवार सर्वसम्मतकका लागि वडामा पठाएऔं, अनि काँग्रेसभित्रका क्रियाशील सदस्य वडा मै बसी व्यक्ति भन्दा पार्टी जिताउन पर्छ भन्ने सोचले काम गर्यो । उहाँले वृहत छलफल गर्नुभयो । सर्वसम्मत गरी वडाबाटै उम्मेदवार पठाएकाले विवाद देखिएन ।
उम्मेदवारीमा सर्वसम्मत भएसँगै काँग्रेसले एकजुट भएको सन्देश दिएको छ । पार्टीमा कुनै अन्र्तघातको समस्या देख्नुभएको छ ?

७० को चुनावमा अन्तर्घात भयो, फलस्वरुप निर्वाचनमा पराजित हुनु पर्यो । त्यसपछि अहिले नेपाली कँँग्रेसको गाउनगर वडा जागरण अभियान हाली सुरु गर्यौं । सोही क्रममा महाबुको गैंडाबाजबाट सुरु भएको अभियानमा सम्पूर्ण दैलेखका काँग्रेस नेताहरुले हातेसांग्लो बाँधी एकताको सन्देश दिनुभयो, अहिले काँग्रेस भित्र एकता छ । यो एकतामा कुनै संका गर्ने स्थान छैन । एकताको बलमा हामीले चुनाव जित्ने विश्वास लिएका छौं । कतैबाट असहयोगको हुने सम्भावना छैन । सम्पूर्ण पार्टी एक ढिक्का भएर चुनावी मैदानमा खटिएको छ ।

नरायाण नगरपालिकामा काँग्रेसले वरिष्ठ नेता मणिराम रेग्मीलाई मेयरको उम्मेदवार बनाएको छ । काँग्रेसले चुनाव जित्ने आधार के के हुन् ?

नारायण नगरपालिकामा चुनाव जित्न प्रमुख कुरा संगठन हो, काँग्रेस भित्रको एकताले नेपाली काँग्रेसको संगठन मजबुत भएको छ । र मणिराम त्यागी नेता हुनुहुन्छ । क्षमता भएर पनि अवसर नपाएका नेता हुनुहुन्छ । द्धन्द्धको समयमा झण्डै माओवादीबाट मारिनु भएको थियो । त्यो बेला बाँचेर अहिले जनतामाझ जाने अवसर पाउनु भएको हो । त्यसलाई पनि जनताले बुझेका छन् । मणिरामलाई नराम्रो भन्ने व्यक्ति यो जिल्लामा कोही पनि भेटिदैन । स्वयम विपक्षी दलहरु पनि मणिरामका शुभचिन्तक हुन् यो भनेको हाम्रो लागि प्लस प्वाइन्ट हो । अर्काे कुरा हामीले उपमेयरमा वासना थापा जस्ता क्षमतावान महिलालाई उम्मेदवार बनाएका छौं । ११ वटै वडामा हामीले उम्मेदवार बनाउँदा भुगोल, समुदाय, लिंग र जनप्रिय व्यक्तिलाई उम्मेदवार बनाएका छौं । हाम्रो ५७ जनाको उम्मेदवारको टिम सन्तुलित बनेको छ । यो सन्तुलित टिम चुनावी मैदानमा जाँदा काँग्रेसको सिंगो संगठन एक ढिक्का भएर लागेको छ । यसैले पनि हामे जित निश्चित छ । म ढुक्कका साथ भन्छु यो ५४ साल होइन ७४ साल हो, यो दुई दशकमा लोहेरेमा धेरै पानी बगिसक्यो हाम्रो जित निश्चित छ ।

प्रतिक्रिया