कांग्रेसले भन्यो– प्रधानन्यायाधीश कार्यकारी हुन थालेपछि महाभियोग

कांग्रेसले भन्यो– प्रधानन्यायाधीश कार्यकारी हुन थालेपछि महाभियोग

काठमाडौं । नेपाली कांग्रेसले प्रधानन्यायाशीध सुशीला कार्कीले सरकारको कार्यकारी अधिकारमा हस्तक्षेप गर्न लागेपछि महाभियोग प्रस्ताव दर्ता गर्नुपरेको जनाएको छ ।
नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा गरेको पत्रकार सम्मेलनमा प्रचार समितिका संयोजक एवम् भौतिक यातायात तथा पूर्वाधार मन्त्री रमेश लेखकले पछिल्लो समयमा प्रधानन्यायाधीशले शक्ति पृथकीकरणको सिद्धान्तविपरित, न्यायपालिकाको मर्यादा नाघेर कार्यपालिकामा हस्तक्षेप गर्ने काम गरेकाले महाभियोगको प्रस्ताव दर्ता गराउनुपरेको बताए ।
“सरकारले गर्ने काम मात्रै नभएर न्यायपालिकाको मर्यादा र गरिमामाथि प्रश्नचिन्ह लगाउने काम उहाँले गर्नुभयो,” उनले भने, “इमान्दारीताका साथ काम नगरेको, आचारसंहिताको गम्भीर उल्लंघन गरेको, कार्यक्षमताको अभाव देखिएकाले महाभियोग प्रस्ताव ल्याउनुपरेको हो ।”
उनले देशको प्रशासन सञ्चालनको जिम्मेवारी अधिकार सरकारलाई दिएको भए पनि त्यसलाई हस्तक्षेप गरेर आफैं कार्यकारी हुन खोजेको कांग्रेसको आरोप छ ।
न्यायपालिकालाई स्वतन्त्र र निष्पक्ष बनाउन महाभियोग प्रस्ताव दर्ता गर्नुपरेको उनले बताए । अदालतमाथि जनताको विश्वसनीयता कायम राख्न जरुरी रहेको उनको भनाई थियो ।

प्रतिक्रिया