नारायण नगरपालिकामा यस्तो छ चुनावी गणित

नारायण नगरपालिकामा यस्तो छ चुनावी गणित

महतरा र रावत निर्णाक बन्ने 
दैलेख, वैशाख २० । दैलेखका ११ वटै स्थानीय इकाईमा उम्मेदवारी दर्ता सकिएको छ । सबै तहमा प्रमुख दल काँग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपालगायतका दलहरुले उम्मेदवारी दिएका छन् । 
११ वटा वडा रहेको नारायण नगरपालिकामा कुन दलले बाजी मार्ला सबैको चासोको विषय बनेको छ । जिल्ला सदर मुकाम रहेको र सबैभन्दा पुरानो नगरपालिका भएकाले पनि दैलेखका अन्य इकाई भन्दा नारायण नगरपालिकाले सबैको ध्यान आफूतिर खिचेको छ । यस नगरपालिकामा ९ वटा दलीय उम्मेदवारी परेको छ । काँग्रेसबाट मणीराम रेग्मी, एमालेबाट रत्नबहादुर खड्का, माओवादी केन्द्रबाट दानबहादुर महतरा, राप्रपाबाट गंगबहादुर बस्नेत र जनमोर्चाबाट सुरत रावत प्रमुखका उम्मेदवार बनेका छन् । यस्तै जैसरा सुनार फोरम लोकतान्त्रिक, बखतबहादुर सिंह समाजवादी, विरबहादुर भण्डारी नयाँशक्ति, र सुरेन्द्रबहादुर केसी नेमकिपाबाट प्रमुखको उम्मेदवार बनेका छन् । 
नारायण नगरपालिाकामा काँग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने चुनावी पण्डितहरुको आंकलन छ । नारायण नगरपालिकामा हाल भनावी र विन्ध्यावासिनी तथा आधा खरिगैरा गाविस पनि गाभिएकाले यसैपार्टीले चुनाव जित्छ भन्ने अनुमान गर्न कठिन छ । साविकको नारायण नगरपालिका ५४ सालमा एमालेले जितेको थियो, भने भवानी र विन्ध्यावासिनी पनि एमालेले नै जितेको थियो त्यति बेला । तर यो २० वर्षको अवधिमा माओवादी केन्द्र नयाँ पार्टीका रुपमा देखा परेको छ भने राप्रापाले पनि आफ्नो शक्ति बढाएको छ । त्यसैले पनि एमालेले ५४ सालका आधारमा चुनाव जित्ने अपेक्षा गरेको छैन । ६४ सालको संविधानसभा निर्वाचनमा यो क्षेत्रबाट काँग्रेसले जित हात पारेको थियो भने ७० मा एमालेले जित हात पारेको थियो । त्यसैले पनि नारायाण नगरपालिकाका मतदाता परिवर्तन भइरहन्छन् भन्ने देखाएको छ । 
करिब १५ हजार मतदाता भएको यो नगरपालिकामा कतै एमालेको प्रभाव देखिन्छ भने कतै काँग्रेसको । उता माओवादी केन्द्रको पनि यहाँ राम्रै प्रभाव छ । राप्रपा चुनाव जित्ने भन्दा पनि ठूला पार्टीको मतआफूतिर तान्ने दाउनका साथ अगाडी बढिरहेको छ । राप्रपाले पाउने मतले यहाँको चुनावी नतिजामा प्रभाव पार्ने अनुमान गर्न सकिन्छ । 
वडा नम्बर ३ का वासिन्दा काँग्रेसका मणिराम रेग्मीले सो क्षेत्रबाट बढिमत पाउने अनुमान छ भने वडा नम्बर ७ का वासिन्दा एमालेका रत्नबहादुर खड्काले सो क्षेत्रबाट बढिमत पाउने अनुमान गर्न सकिन्छ । उता माओवादीबाट उम्मेदवार बनेका दानबहादुर महतराले एमालेकै पकड भनिएको विन्ध्यावासिनीबाट उल्लेख्य मत पाउने आँकलन छ । यस नगरपालिकाको चुनावमा राजमोका सुरत रावतले पाउने मतले पनि चुनावी नतिजामा उलटफेर गर्ने अनुमान गरिएको छ । वडा नम्बर ७ कै रावत र खड्का उम्मेदवार भएकाले भेगिए र आफ्न्तका मत बाँडिने अवस्था छ । रावत र खड्काका आफ्नै भान्जा भएकाले आफ्न्तको मत बाँडिने अनुमान गरिएको हो । यस्तै विन्यध्यावासिनीका महतराले पनि एमालेकै मत काट्ने अनुमान गरिएको छ । यसकारण पनि काँग्रेस र एमालेको प्रतिस्पर्धामा मतरा र रावत निर्णायक बन्ने सम्भावना छ ।

प्रतिक्रिया