दुल्लुको चुनावी गणित

दुल्लुको चुनावी गणित

गेम चेन्जर ढकेन्द्र
दैलेख, वैशाख २३ । १३ वटा वडा रहेको दुल्लु नगरपालिकामा काँग्रेसले युवा नेता घनश्याम भण्डारीलाई र एमालेले परिपक्क नेता बरुनाथ योगीलाई नगरप्रमुखको उम्मेदवार बनाएसँगै यहाँको चुनाव िगणित रोचक बनेको छ । २०५४ सालको स्थानीय चुनावलाई आधार मान्ने हो भने यस नगरपालिकामा गाभिएका गाविसमा एमालेको वर्चस्व थियो । तर काँग्रेसका सहिद पूर्णबहादुर भण्डारीका छोरा घनश्याम भण्डारीले दुई कार्यकाल काँग्रेसको क्षेत्रीय सभापति जस्तो शक्तिसाली पदमा बसेर काम गरेकाले यहाँको चुनावी गणितलाई रोचक बनाउने वातावरण बनेको छ ।Dullu_Nagarpalika1
करिब २२ हजार मतदाता रहेको यस नगरपालिकामा ८ जनाको दलीय उम्मेदवारी परेको छ । काँग्रेसबाट भण्डारी, एमालेबाट योगी, माओवादी केन्द्रबाट ढकेन्द्र शाही, राप्रपाबाट गणेश रेग्मी, नेमकिपाबाट शिवराज दाहाल, जनमोर्चाबाट रत्नबहादुर खड्का, माओवादी केन्द्रबाट विरेन्द्र सिंह र नयाँ शक्तिबाट बमबहादुर रावत प्रमुखको उम्मेदवार हुन् ।
यहाँको चुनावी नतिजामा माओवादी केन्द्रका शाही र नेमकिपाका दाहालल पाउने मतले प्रभाप पार्ने विश्लेषकहरुको तर्क छ । साविकको मालिका गाविसका वासिन्दा शाही पुर्व गाविस अध्यक्षसमेत हुन् । एमाले परित्याग गरि माओवादीबाट उम्मेदवार बनेका शाहीले मालिकाबाटमात्र करिब ८ सय मत प्राप्त गर्ने बताइन्छ । त्यस्तो अवस्थामा उनले पाउने मत एमालेकै हो । यसले एमालेलेलाई घाटा लाग्न सक्छ । यस्तै एमाले बलियो मानिएको साविकको छिउडी पुसाकोट गाविसबाट जनमोर्चाका खड्का उम्मेदवार बनेका छन् । उनले पाउने भेगिए मतले पनि एमालेलाई नोक्सान हुने अनुमान गरिएको छ । उता काँग्रेसको पकड मानिएको साविकको नेपा गाविसका वासिन्दा रावत नयाँ शक्तिबाट उम्मेदवार बनेकाले उनले काँग्रेसको मत काट्ने अन्मान गरिएको छ । पादुकामा दुईजना उम्मेदवार रहेकाले यहाँको भेगिए मत बाडिने अवस्था छ । माओवादी क्रान्तिकारीबाट सिंह र एमालेबाट उम्मेदवार बनेका योगीको भुगोल एउटै हो । उता काँग्रेस बलियो मानिएको गौरीबाट दाहाल नेमकिपाको उम्मेदवार बनेकाले यहाँ काँग्रेसलाई नोक्सानी हुने देखिन्छ ।
सतही रुपमा हेदा यो नगरपालिकामा एमाले केही बलियो मान्ने गरिन्छ । तर, काँग्रेसका भण्डारीप्रति रहेको सहानुभुति तथा युवा परिचालन गर्ने भण्डारीको क्षमताले काँग्रेस प्रति आकर्षण बढेको छ । यहाँ करिब १८ हजार मत खस्ने अनुमान गरिएको र माओवादी केन्द्र बाहेक अन्य साना दलले लिने र बदर मतको संख्या करिब ६ हजार हुने अनुमान छ । यस्तै माओवादी केन्द्रका शाहीले करिब २५ सय मत लिने अनुमान छ । यस्तो अवस्थामा यो नगरपालिकामा चुनाव जित्न ५ हजार मत लिनुपर्ने अवस्था छ । यसैले पनि यहाँको चुनावी गणितमा शाही र दाहाल गेमचन्जर हुने लगभग निश्चित छ ।

प्रतिक्रिया