निर्वाचनमा बालबालिका प्रयोगलाई निरुत्साहित गर्न पहल

निर्वाचनमा बालबालिका प्रयोगलाई निरुत्साहित गर्न पहल

दैलेख, निर्वाचनमा बालबालिकाको प्रयोगलाई निरुत्साहित गर्न जिल्लास्थित सम्बन्धित निकायहरुले चासो देखाएका छन् । स्थानीय तहको निर्वाचनका लागि राजनैतिक दलका गतिविधि बढीरहेका बेला सभा, जुलुस र ¥यालीमा बालबालिकाको प्रयोग हुन सक्ने सम्भावना देखेर सम्बन्धित निकायले चासो देखाएका हुन ।STOP Election in Balnbalika
निर्वाचनमा बालबालिकाको प्रयोग गर्नु आचार संहिता विपरित कार्य हो । राजनैतिक दलका कार्यक्रम वा जुलुसमा बालबालिकाको प्रयोग भएमा उम्मेद्वारी खारेज हुन सक्ने सम्मको व्यवस्था आचार संहितामा उल्लेख गरेको छ । बालबालिकाको प्रयोग गर्न नमिल्ने कानुनी व्यवस्था भए पनि राजनैतिक दलका कार्यक्रममा प्रयोग गरिएको अधिकारकर्मी पार्वती विशुन्केको भनाई छ । कार्यक्रममा पार्टिको झण्डा बोक्नु, बाजा बजाउन लगाउनु जस्ता कार्य आचार संहिता विपरित हुन कि होइनन् उनले प्रश्न गरिन् ।
विगतका आम निर्वाचनहरुमा जस्तो स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग घटेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
विगतका निर्वाचनहरुमा बालबालिकाको अत्यधिक प्रयोग गरिएको देखिन्थ्यो । अहिले हुन गइरहेको स्थानीय तहको निर्वाचनमा बालबालिका प्रयोग नगरिएको महिला तथा बालबालिका कार्यालय प्रमुख अनिता ज्ञावलीको भनाई छ । उनले थपिन्, विभिन्न साझेदार संस्थाहरुको समन्वयमा राज्यको तल्लो तहसम्म अनुगमन संयन्त्र बनाईएको छ । जानकारीमुलक सूचना र प्रचार सामाग्री पुगेका छन् । जस्ले गर्दा निर्वाचनमा बालबालिकाको प्रयोग घटेको छ ।
विद्यालय शान्ति क्षेत्र घोषणालाई कार्यान्वयन गर्न र हुन सक्ने सम्भावित घटनाहरुबाट जोगाउन बालबालिकालाई निर्वाचनमा प्रयोग गर्न नहुने सेभ द चिल्ड्रेन र सोसेक नेपाल दैलेखको सहयात्रा परियोजनाका परियोजना अधिकृत निर्मल अधिकारीले बताए । उनले थपे, आसन्न निर्वाचनमा बालबालिकाको प्रयोग नहुने प्रतिवद्धतामा राजनैतिक दलहरु पनि सकारात्मक देखिन्छन् ।

प्रतिक्रिया