मतदान अधिकृतलाई तालिम

मतदान अधिकृतलाई तालिम

दैलेख, वैशाख २३ – जिल्ला निर्वाच कार्यालय दैलेखले निर्वाचन अधिकृत तथा सहायक निर्वाचन अधिकृतहरुका लागि २ दिने तालिम दैलेखमा आजदेखि सुरु गरेको छ । तालिम उद्घाटनका क्रममा सरकारी अधिकारीहरुले कर्मचारीलाई निष्पक्ष भएर काम गर्न सचेत पार्न तर्फ बढी केन्द्रित भएका थिए । Training Election (2) Training Election (1)
मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितले निर्वाचनमा जाने कर्मचारीलाई तटस्थ रहन आग्रह गरे । उनले भने ‘राष्ट्रसेवक नै तटस्थ, निष्पक्ष रहन नसके जनताले के आशा गर्ने ?’
निर्वाचन आचारसहिंता पालनाको अवस्था अनुगमन गर्न खटिएका निर्वाचन आयोगका जिल्ला अनुगमन संयोजक घनश्याम उपाध्यायले निर्वाचनलाई प्रभावित गर्ने कर्मचारीलाई कडा कार्वाही हुने तर्फ सचेत पार्दै जिम्मेवार बन्न निर्देशन दिए ।
त्यसबखत प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले इमान्दारिपूर्वक काम गर्न सके कतिपय बिग्नवाधाहरु समाधान गर्न सहज हुने बताए । मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई स्थानीय तहको अवधारणा, निर्वाचन प्रक्रिया, मतदान केन्द्रको सुरक्षा लगायतका विषयमा तालिममा अनुशिक्षण गरिने जिल्ला निर्वाचन अधिकारी भक्तबहादुर कार्की जानकारी दिए ।
संघीय संरचना अनुसार दैलेखमा ४ नगरपालिका र ७ गाउँपालिका समेत ११ वटा इकाईहरुका ९० वटा वडाका ४ सय ७२ जना जनप्रतिनिधि चुन्न १ सय ३६ स्थानका १ सय ९६ मतदान केन्द्रमा वैशाख ३१ गते निर्वाचन हुदैछ । दैलेख जिल्लाभर १ लाख ३२ हजार ९ सय ६५ जना मतदाता रहेका छन् ।

प्रतिक्रिया