दैलेखमा काँग्रेसको लहर

दैलेखमा काँग्रेसको लहर

दैलेख, वैशाख २६ । नेपाली काँग्रेसले यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन अभियानका क्रममा दैलेख सदरमुकाममा मंगलबार शक्ति प्रदर्शन गरेको छ । नारायण नगरपालिकाका केन्द्रित चुनावसभाभन्दा पहिला विशाल जुलुसले बजार परिक्रमा गरेको थियो ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यमा मंगलबार दैलेख सदरमुकाम दैलेख बजारमा चुनावी सभा सम्पन्न भएको छ । सभामा बोल्दै केन्द्रिय सदस्य शर्माले दैलेखका ११ वटै स्थानीय इकाईमा काँग्रेसले चुनाव जित्ने दावी गरे । उनले काँग्रेसप्रति जनताको विश्वास रहेको भन्दै काँग्रेसको लहर हरेक इकाइमा रहको बताए । उनले काँग्रेसले दैलेखमा सन्तुलित र लोकप्रिय नेतालाई उम्मेदवार बनाएको भन्दै दैलेख काँग्रेसको किल्ला हुने बताए । nepali coungrss 11
फरक प्रसंगमा नेता शर्माले एमालेले संविधान संशोधनलाई कहाँनेर राष्ट्र घात भो भनेर पुष्टि गर्नुपर्ने चुनौती दिए । उनले एमाले सुगा रटाइमा लागेको भन्दै एमालेले भन्ने गरेको राष्ट्रबाद उग्रवाद भएको बताए । उनले देशका सबै परिवर्तनमा काँग्रेसले नेतृत्व गरेको भन्दै गणतन्त्रपछि पहिलो पटक हुन लागेको स्थानीय तहको निर्वाचनमा पनि काँग्रेसले नेतृत्व गर्ने बताए ।
दैलेखका विभिन्न स्थानमा भएका चुनावी सभालाई सम्बोधन गरेका शर्माले दैलेखमा काँग्रेसप्रति देखिएको जनलहरले आफुलाई उत्साहित बनाएको उल्लेख गरे । उनले काँग्रेसप्रति जनताको विश्वास भएकाले काँग्रेसको विकल्प यो मुलुकमा अन्य पार्टी नभएको तर्कसमेत गरे । उनले काँग्रेसको विकल्प काँग्रेसमात्र हुने भन्दै काँग्रेसलाई जिताएर जनताले विकासको ढोका खोल्ने बताए । kangresh
दैलेखमा रहेको ११ वटै इकाईमा काँग्रेसको माहोल सुदृढ देखिएको छ । मतदानको मिति नजिकिँदै जाँदा दैलेखमा काँग्रेसले ११ वटै इकाई जित्ने दावी गरेको छ । काँग्रेसका तर्फबाट नारायण नगरपालिकामा मेयरका उम्मेदवार रहेका मणिराम शर्माले चुनावीसभालाई सम्बोधन गर्दै नगरवासीको आफूप्रति माया सद्भाव रहेको बताए । उनले आफूले जितेमा नारायण नगरपालिकालाई नमुना नगरपालिका बनाउने, पर्यटन विकास, व्यवसायिक कृषि, सडकको स्तर उन्नती र खानेपानीको समस्या समधानका लागि योजना बनाउने बताए । उनले नारायण नगरपालिकामा काँग्रेसको विकल्प नभएकोसमेत बताए । यस्तै उपमेयरका उम्मेदवार वासना थापाले आफूले जितेमा प्रत्येक वडाबाट कम्तिमा २ जना जेहेन्दार तथा विपन्न विद्यार्थीलाई छात्र वृति दिने घोषणा गरिन् । उनले उपमेयर भएपछि पाउने भत्ताबाट सो छात्रवृति दिने घोषणा गरेकी हुन् ।
सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस दैलेखका सभापति कृष्णकुमार विसीले दैलेखमा काँग्रेसको लहर आएको बताए । उनले हरेक स्थानीय इकाईमा काँग्रेसले जित्ने दावी ।
युवा नेता तथा प्रेस युनियन दैलेखका सभापति भुपेन्द्र शाहीले ७० को संविधानसभा चुनावमा काँग्रेस भित्रको nnnnnnnआपसि कलहले एमालेलाई चिठ्ठा परेको भन्दै यो पटक काँग्रेसमा देखिएको एकजुटले काँग्रेसलाई कसैले पराजित गर्न नसक्ने बताए ।

प्रतिक्रिया