दैलेखमा ७ बजेपछि मतगणना हुने (मतदानपछिको आँकलन यस्तो छ )

दैलेख, जेठ १ । दैलेखका विभिन्न ११ वटा स्थानीय इकाइमा आइतबार सम्पन्न मतदानको अहिले ७ बजेपछि मतगणना हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतदानपछिका आंकलनअनुसार नारायण नगरपालिकामा काँग्रेस एमालेको तिब्र प्रतिस्पर्धा हुनेछ अनुमान छ भने भगवतीमाइ, महाबु, डुंगेश्वर, गुराँस, नौमुले गाउँपालिकामा काँग्रेस अगाडी हुने अनुमान छ । यस्तै चामुण्डा विन्द्रासैनी नगरपालिकामा पनि काँग्रेस अगाडी हुने अनुमान छ भने आठविस र दुल्लु नगरपालिकामा एमाले अगाडी जानसक्ने अनुमान छ । यस्तै भैरवी र ठाँटिकाँध गाउँपालिकामा पनि एमाले अगाडी जान सक्ने अनुमान छ ।
प्रतिक्रिया