नारायण नगरपालिकाको मतगणना सुरु

          |   प्रकाशित मितिः सोमवार, जेष्ठ १, २०७४     ::: 508 पटक पढिएको   |  

दैलेख, जेठ १ । दैलेखको सदरमुकाम रहेको नारायण नगरपालिकमा मतगणना सुरु भएको छ । विहान ९ बजे मतगणना सुरु भएको हो । ११ वटा वडा रहेको यो नगरपालिकाको अन्तिम नतिजा भोली विहानसम्म आउने छ । यो नगरपालिकामा काँग्रेस र एमालेबीच तिव्र प्रतिस्पर्धा हुने अनुमान छ । काँग्रेसबाट मणिराम रेग्मी र एमालेबाट रत्नबहादुर खड्का मेयरका उम्मेदवार रहेका छन् ।
उता डुंगेश्वर गाउँपालिकामा मतगणना जारी रहेको छ । सो गाउँपालिकाको वडा नम्बर १ को नतिजासमेत आएको छ । यो वडामा एमालेको प्यानल विजयी भएको छ । यहाँ माओवादी र एमालेको प्रतिस्पर्धा थियो । समग्र गाउँपालिकामा भने काँग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुने अनुमान छ । दैलेखका अन्य ९ वटा स्थानीय इकाइमा भने मतणना सुरु भइसकेको छैन । ती स्थानहरुमा पनि केहीबेरमा मतगणना सुरु हुने जनाइएको छ ।



Leave a comment

Your email address will not be published.


*