नारायण नगरपालिकामा काँग्रेस अगाडी (दैलेखका सबै स्थानीय इकाईमा मतगणना जारी)

नारायण नगरपालिकामा काँग्रेस अगाडी (दैलेखका सबै स्थानीय इकाईमा मतगणना जारी)

दैलेख, जेठ १ । दैलेखको सदरमुकाम रहेको नारायण नगरपालिकमा मतगणनाको पहिलो तथ्यांक सार्वजनिक भएको छ । वडा नम्बर १ को मतगणनामा काँग्रेस झिने मतले अगाडी छ । काँग्रेसलाई 63 मत प्राप्त भएको छ भने एमालेले 41 मत लिएको छ । विहान ९ बजे मतगणना सुरु भएको हो । ११ वटा वडा रहेको यो नगरपालिकाको अन्तिम नतिजा भोली विहानसम्म आउने छ । यो नगरपालिकामा काँग्रेस र एमालेबीच तिव्र प्रतिस्पर्धा हुने अनुमान छ । काँग्रेसबाट मणिराम रेग्मी र एमालेबाट रत्नबहादुर खड्का मेयरका उम्मेदवार रहेका छन् ।
उता डुंगेश्वर गाउँपालिकामा मतगणना जारी रहेको छ । सो गाउँपालिकाको वडा नम्बर १ को नतिजासमेत आएको छ । यो वडामा एमालेको प्यानल विजयी भएको छ । यहाँ माओवादी र एमालेको प्रतिस्पर्धा थियो । समग्र गाउँपालिकामा भने काँग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुने अनुमान छ । दैलेखका अन्य ९ वटा स्थानीय इकाइमा पनि मतणना सुरु भएको छ ।

प्रतिक्रिया