नारायणमा काँग्रेस अगाडी , भैरवीमा एमाले अगाडी

नारायणमा काँग्रेस अगाडी , भैरवीमा एमाले अगाडी

दैलेख, जेठ १ । दैलेखका विभिन्न ११ वटा स्थानीय इकाई मध्ये २ वटा इकाईको शुरुआती मतपरिणाम सार्वजनिक भएको छ । सदरमुकाम रहेको नारायण नगरपालिकामा काँग्रेसले अग्रता लिएको छ भने भैरवी गाउँपालिकामा एमालेले अग्रता लिएको छ ।
नारायण नगरपालिाकाको वडा नम्बर १ को मतगणना जारी रहँदा काँग्रेस मेयरमा ६३ र उपमेयरमा ६६ मत छ भने एमाले मेयरमा ४१ र उपमेयरमा ३६ मत छ । उता भैरवीको वडा नम्बर १ को मतगणना जारी रहँदा एमालेका अध्यक्षले ३६३ मत पाएका छन् भने काँग्रेसका अध्यक्षले १४४ मत पाएका छन् । यस्तै माओवादीका अध्यक्षले ११ मत पाएका छन् ।

प्रतिक्रिया