दैलेखमा कतै काँग्रेस, कतै एमाले (मतपरिणाम सहित)

दैलेखमा कतै काँग्रेस, कतै एमाले (मतपरिणाम सहित)

दैलेख, जेठ १ । दैलेखका विभिन्न ११ वटा स्थानीय इकाई मध्ये ४ वटा इकाईको शुरुआती मतपरिणाम सार्वजनिक भएको छ । सदरमुकाम रहेको नारायण नगरपालिकामा काँग्रेसले अग्रता लिएको छ भने भैरवी गाउँपालिकामा एमालेले अग्रता लिएको छ ।
नारायण नगरपालिाकाको वडा नम्बर १ को मतगणना जारी रहँदा काँग्रेस मेयरमा 229 र उपमेयरमा 234 मत छ भने एमाले मेयरमा 156 र उपमेयरमा 138 मत छ । उता भैरवीको वडा नम्बर १ को मतगणना जारी रहँदा एमालेका अध्यक्षले ३६३ मत पाएका छन् भने काँग्रेसका अध्यक्षले १४४ मत पाएका छन् । यस्तै माओवादीका अध्यक्षले ११ मत पाएका छन् ।
यस्तै ठाँटिकाँध गाउँपालिकामा काँग्रेसले अग्रता लिएको छ । पछिल्लो परिणामअनुसार वडा नम्बर ३ को मतगणना जारी रहँदा काँग्रेस 103, एमाले 109 र माओवादी केन्द्रले 76 मत पाएका छन् । उता डुंगेश्वर गाउँपालिकाको १ वडाको मतगणना सकिएको छ भने २ नम्बरको जारी छ । यो गाउँपालिकामा एमालेले अग्रता लिएको बुझिएको छ तर, मतपरिणाम भने प्राप्त गर्न सकिएको छैन । वडा नम्बर १ मा एमालेको प्यानल विजयी भएको छ ।

यस्तै भगवतीमाई गाउँपालिकामा एमालेले अग्रता लिएको छ । एमाले ९० माओवादी केन्द्र ६६ र काँग्रेसले ३० मत पाएका छन् । यो वडामा एमालेका वडा अध्यक्ष मानबहादुर बुढाले ९१ मत पाएका छन् भने काँग्रेसका हेमशंकर अधिकारीले ८७ मत पाएका छन् ।

प्रतिक्रिया