दैलेखको डुंगेश्वर गाउपालिकामा काँग्रेसले खाता खोल्यो

दैलेखको डुंगेश्वर गाउपालिकामा काँग्रेसले खाता खोल्यो

दैलेख, जेठ १ । दैलेखको डुंगेश्वर गाउँपालिका वडा नम्बर ३ मा अध्यक्षसहित प्यानलमा विजयी हुँदै काँग्रेसले दैलेखमा खाता खोलेको छ । काँग्रेसका उदयराम न्यौपानो ३९२ मत ल्याउँदै विजयी भएका हुन् ।

उनीसँगै वडाका अन्य जना काँग्रेस उम्मेदवार पनि विजयी भएका छन् ।
यो गाउँपालिकाका १ र २ नम्बर वडामा भने एमालेले वाजी मारेको छ । ३ वटा वडाको मत गणना सम्मपन्न हुँदा यो गाउँपालिकामा एमालेले आफ्नो अग्रता कायम राखेको छ । एमाले अध्यक्षमा १५६५ र उपाध्यक्षमा १५३७ मत ल्याउँदै अग्रतामा छ भने काँग्रेसले अध्यक्षमा १२५२ र उपाध्यक्षमा १२७४ मत ल्याएको छ । ६ वटा वडा रहेको यो गाउँपालिकामा गणना हुन बाँकी वडामा काँग्रेस बलियो मानिन्छ ।

प्रतिक्रिया