दैलेखमा एमाले अगाडी, काँग्रेस पछाडी (पछिल्लो अपडेट ना.न.पा. को मेयरमा एमाले भन्दा काग्रेस अगाडी)

दैलेखमा एमाले अगाडी, काँग्रेस पछाडी (पछिल्लो अपडेट ना.न.पा. को मेयरमा एमाले भन्दा काग्रेस अगाडी)

दैलेख, जेठ १ । दैलेखका ११ वटै स्थानीय इकाइमा मत गणना जारी रहेको छ । हालसम्म प्राप्त स्थानीय इकाईका परिणामअनुसार धेरैजसो स्थानमा एमालेले अग्रता लिएको छ । नारायण नगरपालिकामा एमाले मेयर १३५९, उपमेयर ११०१, काँग्रेस मेयर १४९१ उपमेयरको मत ११८९ छ ।
उता भैरवीमा पनि एमालेले अग्रता लिएको छ । एमाले अध्यक्षमा ९३१  र उपाध्यक्षमा ८५२  मत छ । काँग्रेस अध्यक्षमा ८११ र उपाध्यक्षमा ९०४ मत छ ।
यस्तै ठाँटिकाँधमा एमाले अध्यक्षमा ४०३ र उपाध्यक्षमा ४४० मत छ भने काँग्रेस अध्यक्षमा ३५२ र उपाध्यक्षमा पनि ३५२ मत छ । यो गाउँपालिकाको वडा नम्बर ३ को मतगणना सकिएको छ । यहाँ एमालेका वडा अध्यक्ष कर्णबहादुर शाहीको प्यानल विजयी भएको छ । यस्तै भगवतीमाई गाउँपालिकामा भने माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादी केन्द्रले २५३, एमाले २३९ र काँग्रेसले ८९ मत पाएका छन् । यो वडामा एमालेका वडा अध्यक्ष मानबहादुर बुढाले २४० मत पाएका छन् भने काँग्रेसका हेमशंकर अधिकारीले २१२ मत पाएका छन् ।
उता आठविस नगरपालिकामा पनि एमालेले अग्रता लिएको छ । वडा नम्बर १ को मतगणना जारी रहँदा एमाले प्रमुखमा ४०२ र उपप्रमुखमा ४४८ मत ल्याएर अगाडी छ भने काँग्रेसले प्रमुखमा ३०१ र उपप्रमुखमा ३१६ मत पाएको छ ।
उता गुराँसमा पनि एमालेले अग्रता लिएको छ । वडा नम्बर १ मा जारी मतगणना अनुसार एमाले अध्यक्षमा २२१ र उपाध्यक्षमा पनि २२१ मत छ भने काँग्रेस अध्यक्षमा १५८ र उपाध्यक्षमा १७३ मत छ । यो वडामा एमालेका वडा अध्यक्षलाई २२५ मत छ भने काँग्रेसका अध्यक्ष उम्मेदवारलाई १५८ मत छ ।

प्रतिक्रिया