आठविसमा काँग्रेसले खाता खोल्यो

दैलेख, जेठ २ । आठविस नगरपालिकामा काँग्रेसले खाता खोलेको छ । एमालेको पकड मानिएको वडा नम्बर २ मा काँग्रेसका वडा अध्यक्ष उम्मेदवार पूर्ण खनाल विजयी भएका हुन् । १ मा भने एमालेले जितेको छ । आठविसको २ वटा वडाको मतगणना सकिँदा एमाले प्रमुख ११०५ र उपप्रमुख ११९३ मत लिएर अगाडी छन् भने काँग्रेस प्रमुखमा ८९६ र उपप्रमुखमा ९३४ मत छ ।
प्रतिक्रिया