दैलेखमा काँग्रेसले खाता खोल्यो (डुंगेश्वर गाउँपालिकामा रुख)

दैलेखमा काँग्रेसले खाता खोल्यो (डुंगेश्वर गाउँपालिकामा रुख)

दैलेख, जेठ २ । दैलेखका ११ वटा स्थानीय इकाई मध्ये अन्तिम नतिजा सार्वजनिक भएको पहिलो इकाईमा काँग्रेसले बाजी मारेको छ । डुंगेश्वर गाउँपालिकाबाट काँग्रेसका अध्यक्ष उम्मेदवार नगेन्द्र मल्ल र उपाध्यक्षका उम्मेदवार सिता ज्ञावली विजयी भएका हुन् । यस्तै ६ वटा वडा रहेको सो गाउँपालिकामा काँग्रेसले ४ वटा वडा पनि जितेको छ । एमालेले १ र २ जितेको छ भने ३,४,५ र ६ मा काँग्रेसले कब्जा जमाएको छ ।
काँग्रेसका मल्लले एमालेका मानबहादुर विष्टलाई ४७५ मत अन्तरले पराजित गरेका हुन् । मल्लले २८८७ मत पाएका छन् भने विष्टले २४६९ मत पाए । यस्तै ज्ञावलीले एमालेकी कलावती न्यौपानेलाई १०ले पछाडी पारेर विजयी भइन् । ज्ञावलीले २६२८ मत पाइन् भने न्यौपानेले २६१८ मत पाइन् ।
वडा नम्बर १ मा एमालेका लोगबहादुर डाँगी, २ मा एमालेकै राजु केसी, ३ मा काँग्रेसका उदयराम न्यौपाने, ४ मा काँग्रेसकै खगेन्द्रबहादुर थापा, ५ मा काँग्रेसकै टेकबहादर भण्डारी र ६ मा काँग्रेसकै बमबहादुर विसी वडा अध्यक्षमा विजयी भएका छन् ।

प्रतिक्रिया