काम सुरु गरे जनप्रतिनिधिले

काम सुरु गरे जनप्रतिनिधिले

दैलेख, जेठ ८ । २० वर्षपछि स्थानीय इकाईमा निर्वाचन भएपछि कर्मचारीको हातबाट जनप्रतिनिधिको हातमा स्थानीय शासन आएसँगै उनीहरुले काम सुरु गरेका छन् । दैलेखको नारायण नगरपालिकामा जनताको शासन सुरु भएसँगै धुलोले हैरान परेका दैलेख बजारवासीहरुलाई राहत दिन वडा नम्बर १ ले बजारमा गिट्टी हालेर धुलो कम गर्ने प्रयास सुरु भएको छ । वडा नम्बर १ का वडा अध्यक्ष तीर्थनारायण श्रेष्ठले आफ्नो अगुवाईमा सडकमा गिट्टी हाल्ने काम सुरु गरेका हुन् ।
खानेपानीको पाइप गाड्ने क्रममा बजारको कालेपत्रे भत्काइएपछि दैलेख बजार धुलाम्मे बनेको छ । धुलोले समस्या भएपछि आफ्नै सक्रियतामा गिट्टी हालेको वडा अध्यक्ष श्रेष्ठले बताए । उनले नगरपालिकाको टिप्पर प्रयोग गरेको र तेल भने आफ्नै रुपैयाँबाट जोहो गरेको बताए । उनले नगरपालिकामा रहेका टिप्पर, टेक्टर, डोजरको प्रयोग गर्नेतर्फ आफू लागिपरेको बताए ।

प्रतिक्रिया