सरसफाईमा “म्यादी “

सरसफाईमा “म्यादी “

दैलेख, वैशाख १० । चुनावका लागि प्रहरीले भर्ना गरेका म्यादी प्रहरीले दैलेख बजारका सडक तथा मठ मन्दिर सरसफाई गरेका छन् । यही जेठ १७ गतेसम्मको नियुक्ति लिएका उनीहरुलाई बजार सरसफाई तथा मन्दिर सफाईमा लगाइएको हो ।
दैलेखमा जिल्ला प्रहरी कार्यालयले करिब साढे ७ सय जना म्यादी प्रहरी भर्ना गरेको थियो । वैशाख ३१ मै जिल्लाका सबै स्थानीय इकाईमा शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको थियो भने ३ गतेसम्म सम्पूर्ण इकाईको मतिपरिणाम पनि सकिएको थियो । चुनावी कार्यक्रम सकिएपछि उनीहरुलाई सामाजिक काममा लगाइएको जिप्रका दैलेखले जनाएको छ ।
जिप्रका दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक केदार रजौरेले म्यादी प्रहरीको आफ्नो मुख्य जिम्मेवारी सकिएकाले बाँकी रहेको समयमा सामाजिक काम लगाएको बताए । उनले म्यादी प्रहरीबाट जिप्रकालाई सहयोग भएको भन्दै उनीहरुको प्रशंसासमेत गरे ।

प्रतिक्रिया