शिक्षकबाट राजीनामा दिए लगत्तै जनप्रतिनिधि

शिक्षकबाट राजीनामा दिए लगत्तै जनप्रतिनिधि

दैलेख, जेठ १३ । ३२ वर्ष लामो शिक्षण पेशा गर्दै आएका अवलपराजुलका नगेन्द्र मल्ल डुगेश्वर गाउँपालिकाको प्रमुखमा निर्वाचित भए । २० वर्ष पछि स्थानीय तहको चुनाव हुँदा धेरैले अवसर पाएका छन् । शिक्षक पेशा नै छोडेर राजनीति तिर होमिएका १० जना शिक्षकहरुले राजिनामा दिएका थिए । शिक्षकबाट राजिनामा दिएर चुनावमा जित हासिल गर्नेहरु भने कमैमात्रमा सफल भएका छन ।111111
यसै गरी लामो समय सम्म शिक्षक पेसा गर्दै आएका अवलपराजुल नगेन्द्र मल्ल अहिले डुगेश्वर गाउँपालिकाका प्रमुख पदमा निर्वाचित भएका हुन । उनि यस भन्दा पहिला कोटदेवल जनआदर्श क्याम्पसमा अध्यापन गराउदै आएका थिए । अवलपराजुलमा जन्मथलो भए पनि उनि मावि तह दैलेखमा पढेका थिए । अग्रेजी साहित्य र समाजशात्रबाट एमए गरेका मल्लले लामो समय शिक्षण पेशामा विताए । २०४० मा मावि तहमा नाम निकालेर सीता जनसहयोग माविबाट अध्यापन सुरु गरेका उनि २०६८ मा डाडापराजुल बाट अवकास लिए । अवकास लगत्तै उनले २०६९ सालमा कोटदेवल जनआदर्श क्याम्पस स्थापना गरेका थिए । आफुले स्थापना गरेको क्याम्पसमा उनि आफै व्यवस्थापनको जिम्मा लिएर काम गर्दै आएका थिए । लामो समय शिक्षण पेशा अगालेका उनि राजनिति यात्रा पनि सगै लिएर हिडेको बताउछन । उनि भन्छन,बहुदल प्राप्त पछि आन्तरिक शिक्षक संगमा काम गर्दै आएको बताए । उनले अध्यापन गराएको विध्यालय जिल्लाको ४ औ स्थानमा पर्छ । आफुले विध्यालय राजिनामा दिए पनि अव दैलेखको नमुना विध्यालय र क्याम्पस बनाउने प्रतिवध्ता गरेको जानकारी दिए । धनि र गरीवका छोरा छोरी पढ्ने विध्यालयको विस्तार गर्ने बताए । यस्तै नारायण नगरपालिकमा एमालेले जित हात पार्दा पूर्णबहादुर मल्ल भने काँग्रेसबाट वडा अध्यक्षमा विजयी भए । उनी नानपा ७ बाट विजयी भएका हुन् । उम्मेदवार मनोनयन दर्ता गर्नु केही अघि क्षिकबाट राजीनामा दिएका मल्ल प्रावि तहका शिक्षक थिए । उता भगवतीमाई गाउपालिकामा कर्णबहादुर शाहीले वडा अध्यक्षमा विजयी भएका छन । श्री सरसव्ती आदारभुत विद्ययालय रुमका शिक्षक हुन ।

प्रतिक्रिया