बुधबार ७७ मजदुरहरु मृत्युपर्यन्त अंगदान गर्न तयार, मृत एक जनाले ८ जना बचाउने !

बुधबार ७७ मजदुरहरु मृत्युपर्यन्त अंगदान गर्न तयार,  मृत एक जनाले ८ जना बचाउने !

काठमाडौ । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) अन्तर्गतको नेपाल बिजुली पेन्टर प्लम्बर तथा र्निाण मजदुर यूनियन(क्युपेक नेपाल) आफ्नो २१ औं स्थापना दिवसको अवसरमा मजदुर एवं उनीहरु आश्रित परिवारलाई निशुल्क स्वास्थ परिक्षण तथा मृत्यु पर्यन्त अंगदान गराउने कार्यक्रम गरेको छ । कार्यक्रममा १ सय ७९जनाले निशुल्क स्वास्थ्य परिक्षण गराए भने ७७जनाले मृत्युपर्यन्त अंगदान गर्ने भएका छन् ।
कार्यक्रममा क्यूपेक नेपालका अध्यक्ष नरनाथ लुईटेलमानिसको मृत्युपश्चात् पनि उसको शरिरका कुनै पनि अंग खेर नजाओस् र अन्य व्यक्तिलाई काम लाग्नसकोस् भन्ने उदेश्यले दुई दर्जन बढि डक्टर एवं प्राबिधिकको टोलीद्धारा स्वास्थ्य परिक्षण कार्यक्रम आयोजना गरिएको बताए । उनले देशभर ७ वटै प्रदेशमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने पनि जानकारी दिए ।Majdur News (3) Majdur News (2) Majdur News (1)

कार्यक्रममा डा कल्पना श्रेष्ठले एक जनाको मृत्युपश्चात् उसले मृत शरिरबाट मानव अंग निकाली ८ जनालाई बचाउन सक्ने बताईन् ।

प्रतिवर्ष ३ हजार नयाँ मृगौला रोगीको संख्या बढिरहेको भन्दै डा कल्पना श्रेष्ठले समयमै शारिरिक जाँच गर्ने हो भने पूर्णरुपमा स्वस्थ रहन सकिने बताईन् । र सहजै उपचार सम्भव भएको पनि बताईन् ।
कार्यक्रममा प्रमुख अतिथिकोरुपमा बोल्दै आईएलओ गभर्निङ बडि सदस्य एवं जिफन्ट गभर्निङ काउन्सीलका सदस्य विन्दा पाण्डेले मृत्युपर्यन्त अंगदान गरेर घरपरिवारलाई पनि जानकारी गराउनुपर्ने सुझाईन् । उनले नेकपा एमालेले विजयी हासिल गरेका प्रत्येक गाँउपालिका र नगरपालिकाका जनतालाई वर्षको २ पटक रगत र यूरिन परिक्षणको निशुल्क व्यवस्था मिलाईने व्यवस्था हुन ल ागेको पनि बताईन् । जिफन्ट अन्तर्गत रहेका संगठनबाट २ वर्षमा २ हजार जनाको मृत्युपर्यन्त अंगदान गर्नसक्ने योजना लिईएको पनि सुनाईन् ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत क्युपेक नेपालले उपत्यकाका ३ जिल्लाका मजदुरहरुको मृत्युपर्यन्त मुटु, मृगौला,फोक्सो,कलेजो, प्याङिक्रयाज, सानो आन्द्रा दान गर्ने कार्यक्रम राखेको हो ।

प्रतिक्रिया