दुव्र्यसनी रोकथाममा युवाको अग्रसता आवश्यक

दुव्र्यसनी रोकथाममा युवाको अग्रसता आवश्यक

दैलेख, जेठ १९ – डुङ्गेश्वर गाउँपालिका २ नम्वर वडा लाँकुरीका वडा सदस्य रुद्रबहादुर बिष्टले भविष्यका कर्णधार बालबालिका लागू औषध नियन्त्रणको अभियानमा जुट्नुपर्ने बताएका छन् । इन्सेकको इएलपी परियोजना अन्तरगत जनकल्याण मावि सेर्माकोटमा गठित युवा समूहद्वारा आज आयोजित लागू औषध रोकथाम अन्तरक्रिया कार्यक्रममा उनले सो विचार राखेका हुन् । News 2074.2
कार्यक्रममा मानवअधिकार निगरानी समूह लाँकुरीका सदस्य एवं २ नम्वर वडाका नवनिर्वाचित सदस्य कृष्णा नेपालीले युवाहरु आफू लागू औषध दुव्र्यसनीमा नलागेपछि मात्र अरुहरुलाई सुमार्गमा लाग्न प्रेरित गर्न सक्ने बताइन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्रबहादुर सुनारले मदिरापान र धुम्रपान लगायतका कुलतले युवाहरुलाई लागू औषध दुव्र्यसनीमा फस्ने गरेको सुनाउँदै उज्ज्वल भविष्यका लागि परिवार र राज्यले गरेको लगानीको उचित सदुपयोग गर्न आग्रह गरे ।
युवा समूहका कार्यवाहक अध्यक्ष कल्पना बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका शिक्षक भक्तबहादुर थापा र लाँकुरी स्वास्थ्य चौकीका अनमी ममता बिष्टले लागू औषधको असर र रोकथामका लागि युवाको अग्रसरता विषयमा सहजीकरण गरेका थिए ।
यसैगरी इन्सेकको आयोजनामा आजै भैरव आधारभूत विद्यालय लाँकुरी र जनकल्याण मावि सेर्माकोटमा स्काइपिङ्ग डोरी नाघ्ने प्रतियोगिता सम्पन्न भएको इएलपी कार्यक्रमका जिल्ला सहजकर्ता अमर सुनारले जानकारी दिए ।
भैरव आधारभूत विद्यालय लाँकुरीमा लक्ष्मीकुमारी खत्री, सीता बिष्ट, जानकी खत्री, खगि बिक र कल्पना नेपालीले प्रथम, द्धितीय, तृतीय तथा सान्त्वना पुरस्कार पाएका छन् । त्यसैगरी जनकल्याण मावि सेर्माकोटका लिलाकुमारी थापा, सम्झना खत्री, विकास खड्का, ललितकुमार खत्री, कल्पना बिष्ट र दुर्गा थापाले प्रथम, द्धितीय, तृतीय तथा सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

प्रतिक्रिया