बजार सफाई तथा व्यवस्थापन सम्वन्धी अन्तरक्रिया कार्यक्रम

बजार सफाई तथा व्यवस्थापन सम्वन्धी अन्तरक्रिया कार्यक्रम

दैलेख, जेठ २१ – दैलेखको डुंङ्गेश्वर गाउँपालिका वडा नंं. १ का वडाध्यक्ष लोकबहादुर डाँगीले सरसफाई व्यक्ति र समुदायको सभ्यताको प्रतीक भएको बताएका छन् । चुप्रामा आज आयोजना गरेको बजार सफाई तथा व्यवस्थापन सम्वन्धी अन्तरक्रिया कार्यक्रममा बढ्दो बजारीकरणपछि सरसफाई समस्या समाधानका लागि वडा कार्यालयले सरसफाई कार्ययोजना बनाउने उनले प्रतिवद्धता जनाए ।Kapardi News (2) Kapardi News (1)
कार्यक्रममा नवनिर्वाचित वडा सदस्य बखत पराजुलीले घरघरबाट निस्कने फोहोर व्यवस्थापन गर्न समुदायले समेत रचनात्मक काम गर्नुपर्ने बताए । कार्यक्रम उद्योग बाणिज्य संघ चुप्राका अध्यक्ष रबिन्द्र डाँगीले व्यापारिक प्रयोजनका कामले निस्कने फोहोरलाई समुचित व्यवस्थापन गर्न नसकिएको स्वीकार गर्दै बजार सफाईमा व्यापारीहरुले समेत सहयोग गर्नु पर्ने बताए ।
मानवअधिकार निगरानी समूह बेलपाटाका अध्यक्ष पार्वती खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्यहरु कमला केसी, प्रमिला सुनार, चन्दबहादुर थापा, डुंङ्गेश्वर गाउँपालिका वडा नंं. १ का वडासचिव तिलक कार्की, नेकपा एमालेका वडा संयोजक टोपबहादुर खत्री लगायतको बजार सफाई तथा व्यवस्थापन बारे आफ्नो धारणा राखेका थिए ।
यसैवीच इन्सेकको इएलपी कार्यक्रम अन्तरगत त्रिवेणी संगम मावि चुप्रामा गठित बाल अधिकार चेतना समूहले विद्यालय स्तरीय कपर्दी प्रतियोगिता गरेको छ । कपर्दी प्रतियोगिताका विजयीहरुका तर्फबाट टोली नेता सुनीता सोनी र पूर्णिमा गुरुङ्गलाई विद्यालयका प्रधानाध्यापक ओमबहादुर पराजुली र शिक्षक महेन्द्र शाहीले पुरस्कार वितरण गरे । इन्सेक इएलपी परियोजनाका जिल्ला सहजकर्ता अमर सुनारको समेत उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता बालअधिकार चेतना समूहका अध्यक्ष अनिता लामाले गरेकी थिइन् ।

प्रतिक्रिया